वैकल्पिक शक्ति कसरीे ?

नेकपा माओवादी (विप्लव) ले एक महिनाअघि भ्रष्ट र शोषकलाई कारबाही गर्ने घोषण गरेको थियो । त्यही कार्यक्रमअन्तर्गत
भू–माफियाको जग्गा कब्जा गर्ने अभियानलाई अहिले तीव्रता दिएको छ । पछिल्लो घटनामा गत मंगलबार मात्र दोलखामा एमाओवादी नेता जितवीर लामाको घरआ“गनमा तथा लामिडँ“डा–६ मा स्थानीय व्यक्तिले सञ्चालन गर्न लागेको सामुदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्रको जग्गामा झन्डा गाडेका छन् । कुुनै पनि विद्रोहीले एक्सनको घोषणा गर्दा चालु सत्ता र राज्यव्यवस्थाले देश र जनताको पक्षमा काम नगरेको, आफ्नो स्वार्थमा लिप्त रहेको, सर्वसाधारण जनता अन्याय र पक्षपातको भुंग्रोमा पिल्सिएका तथा राष्ट्र नै बेवारिसे बनेको स्थितिलाई दर्साउने गर्छन् । वर्तमान नेतृत्वले देश र जनताको आवश्यकता पूरा नगरेकाले त्यो वैकल्पिक शक्ति आफू मात्र हुन सक्ने दाबी गर्छन् ।
वर्तमान सरकार र नेतृत्वको कुरा गर्ने हो भने यसका कतिपय काम, कारबाही राष्ट्र र जनतालाई पीडा दिने मात्र छैनन् कि लोकतन्त्रको मर्यादालाई कुल्चनेसम्मका छन् । सत्यनिरुपण तथा मेलमिलाप ऐनलाई हेर्ने हो भने त्यो पीडकहरूलाई कसरी चोख्याउन सकिएला भनेर पीडकको पक्षमा चिन्ता लिएर बनाइएको छ । कानुनको अपव्याख्या गरी दुरुपयोग गर्न सिपालु कहलिएका व्यक्ति खोजीखोजी न्यायाधीश नियुक्त गरिएको मात्र छैन, ती न्यायाधीशका गलत आचरण र क्रियाकलापको विषयमा चर्चा गर्न नपाउने गरी मानहानी विधेयक पेस भएको छ । २०६४ सालयताका सरकारलाई त“छाडमछाड गरेर जघन्य अपराधीका मुद्दा फिर्ता लिने र पार्टीभित्र अपराधीको हालीमुहाली भएका सरकार भनेमा फरक पर्दैन । स्थिति कस्तो भएको छ भने राज्यको दायित्व, जिम्मेवारी र कर्तव्यभित्र जायज र मनासिव कामका लागि सज्जन व्यक्तिले निवेदन ग¥यो भने यो सरकारका अंगप्रत्यंगले बेवास्ता मात्र होइन, अपमानित नै गर्छन् । तर, अपराधी, गुन्डा र हुल्याहाले हुुलहुज्जत र ढुंगामुढा गर्दै नाजायज र गलत माग गरे पनि स–सम्मान स्वीकार गरिन्छ । सरकारका कतिपय क्रियाकलाप गलत भए पनि के नेकपा माओवादी विप्लव वैकल्पिक शक्ति बन्न सक्छ त ? ज्वलन्त र महत्वपूर्ण प्रश्न यो हो । के अपेक्षा गरिन्छ भने विद्रोही पक्ष संस्थापन पक्षभन्दा हरहालमा उन्नत, वैज्ञानिक, न्यायिक, पारदर्शी र जवाफदेही हुनैपर्छ । यो कसौटीमा नेकपा माओवादी खरो उत्रन सक्ला वा संस्थापन पक्षभन्दा पनि खराब सावित होला ? हामीले हेर्नुपर्ने यहँ“निर हो ।
हिजो सशस्त्र द्वन्द्वकालमा उनीहरूले हजारौ“लाई निर्मम हत्या गरे । दसौ हजारलाई यातना दिए र त्यत्तिकैलाई अंगभंग पारे । हत्या नै गर्नुपर्ने कारण के थियो ? अंगभंग पार्नुपर्ने र यातना दिनुपर्ने कारण के थियो भनेर सरोकारवाला व्यक्तिले निरन्तर प्रश्न गरिरहने छन् । सशस्त्र द्वन्द्व सकिएर नौ वर्ष व्यतीत भइसक्दासमेत नेकपा माओवादीका नेताले यो प्रश्नलाई सधै“ छलिरहेछन् । नेकपा माओवादी (विप्लव) ले गरिरहेको वर्तमान अभियानअन्तर्गतका क्रियाकलापकै कुरा गरौ“ । एमाओवादीका नेता जितवीर लामाले कहा“–कहँ“ र क–कसको शोषण गरेका रहेछन् ? दोलखा, लामिडा“डा– ६ मा सञ्चालन गर्न लागिएको सामुदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्रले क–कसलाई र के–कसरी अन्याय गरेको रहेछ ? यो प्रत्येक नेपालीले जान्न चाहन्छन् र यो प्रस्ट पार्नु नेकपा माओवादी (विप्लव) को जिम्मेवारी र कर्तव्य हो । संस्थापन पक्षभन्दा उन्नत गरेर देखाउ“छु भनेर अघि सरेको विद्रोहीका प्रत्येक गतिविधि र समग्र क्रियाकलाप उत्कृष्ट हुनुपर्छ । उसका योजना र कार्यक्रम मात्र होइन, आचरण, व्यवहार, कर्म, कार्यशैली, जीवनशैली र संस्कारसमेत अनुकरणीय र नमुनाको देखिनुपर्छ । होइन भने, तराईमा च्याउसरि उम्रेका वितन्डावादी शक्ति र नेकपा माओवादीबीच फरक छुट्याउन नसकिने स्थिति बन्नेछ, जुन राष्ट्रका लागि अर्को क्षतिबाहेक केही हुनेछैन ।

प्रतिक्रिया