उज्यालो किरणको संकेत

सोमबार बसेको प्रमुख तीन दलको बैठकले यसअघि सहमति भइसकेका विषयलाई संविधानसभाको मस्यौदा समितिमा पठाउने र बाकी विवादित विषयलाई टुंगो लगाउन शीर्ष नेताहरूलाई जिम्मेवारी दिने निर्णय गरेसगै राजनीतिक गतिरोध अन्त्य हुन लागेको हो कि भनेर आशाको सञ्चार भएको छ । यो सहमतिले आशा जगाए पनि पार्टीका नेताहरूमा शब्द र कर्मबीच तादात्म्य अनि इमानदारी नभएकाले पत्याइहाल्न गाह्रो छ । धेरैजसो सर्वदलीय सहमतिमा रात परेपछि अग्राख पलाएको छ । त्यसैले, यो सहमतिको विषयमा पनि ‘ढाटको निम्तो खाई पत्याउनु’ मात्र भन्न सकिने स्थिति बनेको छ ।
एमाओवादी थोरै लचक हुनासाथ यो सहमतिको सम्भावना देखिएको थियो । राष्ट्र र जनतालाई हेरेर तथा जनदबाबमा परेर यो लचकता आएको चाहि होइन । चीनका नेताहरूसग भेटघाट गरेर फर्केपछि पुष्पकमल दाहालमा अनपेक्षित लचकता देखापरेको थियो । विजय गच्छदारबाहेक सबै मधेसी दल र बाबुराम भट्टराईको अडानका बाबजुद आमहडताल फिर्ता लिने कठोर निर्णय उनको लचिलो मानसिकताको उपज थियो । चिनिया“ प्रतिनिधिमण्डलले गत हप्ता प्रचण्ड निवास लाजिम्पाटमै पुगेर भेटेपछि एमाओवादी पार्टी नेतृत्व संविधान निर्माणमा सक्रिय भएको हो । चीन मात्र होइन, भारतले पनि नेपालमा संविधान जारी भएको देख्न उत्कट अभिलाषा राखेको छ । बाह्य दबाब त छदै छ, बाग्लुङ क्षेत्र नं. १ मा भएको उपनिर्वाचनको परिणामले पनि एमाओवादीलाई पुनर्विचार गर्नेतर्फ धकेलेको हुनसक्छ । प्रतिपक्ष मात्र होइन, सत्तापक्ष पनि संविधान निर्माणमा उदासीन नै थियो । यो उदासीनतालाई लिएर दुई हप्ताअघि सत्ताकै दोस्रो घटक नेकपा एमालेले औपचारिक तवरमै आवाज उठायो । त्यतिले नपुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैतको अन्तिम आइतबारका दिन बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालास“ग ‘तपाईंहरू संविधान निर्माणमा उदासीन र अनिच्छुक रहने भए हामी तपाईंहरूलाई साथ दिइरहन सक्दैनौ“’ भनेपछि सुशील कोइरालामा जागृति आएको थियो । तत्कालै एमाओवादीसग निर्णायक वार्ता गर्नका लागि कृष्णप्रसाद सिटौला र नरहरि आचार्यलाई खटाएका थिए । नेकपा एमालेलाई लागेको तातोचाहि“ जनभावनाले हो वा सत्तारोहणको आकांक्षाले हो, समयले छुट्याउने छ । जे–जे कारणले र जता–जताबाट प्रेरित भएर भएको भए पनि तीन प्रमुख दल संविधान निर्माणको बिन्दुमा एकै ठाउ“मा आइपुग्नुलाई चाहि“ सुखद् ठान्नुपर्छ । किनभने, एउटा लोकतान्त्रिक संविधान राष्ट्रको चाहना हो ।
राष्ट्रको आकांक्षा, जनभावना र आफ्नै अन्तर्आत्माको आवाजलाई कदर गरेर संविधान निर्माणमा लाग्ने भए गत माघ ५ र ८ गतेको शीर्ष बैठकमा विजय गच्छदारले राखेको प्रस्तावअनुसार संविधान निर्माणको प्रक्रिया धेरै अघि बढिसक्थ्यो । त्यसबेला विजय गच्छदारले राखेको प्रस्तावलाई सर्वप्रथम पुष्पकमल दाहालले सहमति जनाएका मात्र थिएनन् त्यो प्रस्तावको प्रशंसा नै गरेका थिए । कांग्रेस र एमालेले समेत समर्थन गरेकाले त्यो प्रस्ताव अघि बढिसकेको थियो । ‘मोर्चाका अरूस“ग पनि सल्लाह गर्छु’ भनेर निस्किएका प्रचण्डलाई राजेन्द्र महतो र उपेन्द्र यादवले ब्याकगियर लगाइदिएका थिए । संविधान निर्माणका अन्तर्वस्तुमध्ये शासकीय स्वरूप, राज्यको पुनर्संरचना र निर्वाचन प्रणालीमा मात्र सहमति जुट्न बा“की रहेको हो । निर्वाचन प्रणालीमा त सैद्धान्तिक सहमति भइसकेको छ, समानुपातिकको प्रतिशतमा मात्र कुरा मिल्न बा“की हो । शासकीय स्वरूपको हकमा आफ्नो रिजर्भेसनलाई जनतासमक्ष लैजाने गरी एमाओवादी सहमत भइसकेको छ । राज्य पुनर्संरचनाको विषयमा ६ प्रदेशमा सहमत हुने संकेत आएको छ । प्रदेशका सीमांकन, नामांकन तथा पूर्वका तीन र पश्चिमका दुई जिल्लाको विषयमा विभिन्न विकल्प प्रस्तुत भएकाले एउटा निकासमा पुग्ने सम्भावना देखिन्छ । जेहोस्, समग्र बस्तुस्थिति हेर्दा संविधान निर्माणले गति पक्रने सम्भावना प्रष्ट देखिन्छ, जुन नेपाली जनता र नेपाललाई माया गर्नेहरूका लागि उज्यालो किरण हो ।

प्रतिक्रिया