काठमाडौं । जाजरकोटका विभिन्न गाविसमा फैलिएको मौसमी रुघाखोकी र स्वाइन प्mलुको महामारी नियन्त्रणका लागि नेपाली सेनाले आफूसँग उपलब्ध स्रोत साधनसहित चिकित्सा टोलीलाई प्रकोप प्रभावित क्षेत्रमा परिचालन गरी व्यापक रुपमा बिरामीलाई उपचार गर्ने क्रम जारी राखेको छ ।
सेनाको एमआई १७ हेलिकप्टरद्वारा जिल्लाको प्रभावित क्षेत्रमा थप प्रकोप नियन्त्रण तथा व्यवस्थापनका लागि गृह मन्त्रालय, नेपाली सेना, स्वास्थ्य सेवा विभाग र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सोमबार नेपाली सेनाको डाक्टर अधिकृतसहितको छ जनाको चिकित्सा टोली अर्छानी, नेपाल प्रहरीको डाक्टर अधिकृतसहितको छ जनाको चिकित्सा टोली पैक, सशस्त्र प्रहरीको डाक्टर अधिकृतसहितको छ जनाको चिकित्सा टोली कोरताङ तथा जिल्ला सदरमुकामबाट गैरसैनिक डाक्टरसहित छ जनाको चिकित्सा टोली टालेगाउँ गाविसमा परिचालन भई थप उपचार सेवा प्रदान गरिरहेका छन् । त्यसैगरी मंगलबार थप चिकित्सा टोलीका रुपमा सेनाका छ जनाको चिकित्सा टोली तथा विभाग र महाशाखाको टोलीसहित १८ जनाको टोलीलाई स्काइ ट्रकद्वारा सुर्खेतसम्म र त्यसपछि नेपाली सेनाको दुई हेलिकप्टरद्वारा रोग प्रभावित क्षेत्रमा पु¥याई थप उपचार सुरु गरिएको छ ।
मंगलबार नै प्रकोप प्रभावित गाविसलाई लक्ष्य गरी जिल्लाको रोकायागाउंँको लिम्सा इलाकामासेनाको एलुबेट हेलिकप्टरद्वारा चिकित्सकसहित तीनजनाको स्वयमसेवक टोली र सेनाको एमआई १७ हेलिकप्टरद्वारा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेबाट खटिएका चिकित्सकसहित सातजनाको टोली सक्ला गाविसको स्याला इलाकामा परिचालन भई प्रकोप नियन्त्रणका लागि थप उपचार सेवा प्रदान गरिरहेका छन् ।
प्रकोप न्यूनीकरण गर्न सेनाले गृह, विभाग, महाशाखालगायत अन्य निकायसँग समन्वय तथा सहकार्य गर्दै आफूसँग उपलब्ध स्रोत साधनको अधिकतम परिचालन एवम् प्रभावित क्षेत्रमा उपचार सेवा प्रदान गर्ने कार्य जारी राखेको सैनिक जनसम्पर्क निर्देशनलयले जनाएको छ ।
यस्तै, जाजरकोटमा फैलिएको रुघाखोकीजन्य प्रकोपबाट २६ को मृत्यु र करिब चार हजार प्रभावित भएपछि सरकारले प्रकोप नियन्त्रणमा गरिएको प्रयास सार्वजनिक गरेको छ ।
गृह मन्त्रालयको आपत्कालीन कार्यसञ्चालन केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनी र सोही महाशाखाका जनस्वास्थ्य अधिकृत भीमप्रसाद सापकोटाले जाजरकोटको विभिन्न क्षेत्रमा फैलिएको प्रकोपबाट गत सोमबारसम्म २४ को मृत्यु भएको पाइएको र प्रभावित चार हजार १ सय ७० को उपचार गराएको जानकारी दिए ।
यस्तै, सर्वोच्च अदालतले स्वाइन फ्लुको महामारी फैलिएको जाजरकोटमा २४ घन्टाभित्र उच्चस्तरीय चिकित्सक टोली र उचित स्रोत साधनको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले मंगलबार तत्काल स्रोतसाधनसहित टोली पठाई उपचारको व्यवस्था गर्न आदेश दिएको हो । आदेशमा मृतकका परिवारलाई दाहसंस्कार तथा उचित क्षतिपूतिर्तव्यवस्था गर्न भनिएको अदालतका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
प्रतिक्रिया