आवश्यकता स्टेट्सम्यानको

प्राकृतिक स्रोतसाधनले भरिपूर्ण राष्ट्र छ । समृद्ध हुनुपर्ने राष्ट्र किन अधोगतिमा भासिँदै गइरहेको छ रु आज यो आमसवाल बनेको छ । यही सवालमा घोत्लिँदा एउटै जवाफ मिल्छ– स्टेटम्यानसिपको अभाव । हामीकहाँ खुद्रा राजनीतिकर्मीहरु प्रचुर मात्र होइन, आवश्यकताभन्दा हजारौँ गुना बढी छन् तर एउटा पनि स्टेटम्यान छैन ।
सामान्य राजनीतिक व्यक्तिले बढीमा आगामी निर्वाचनसम्म सोचेको हुन्छ भने एउटा ‘स्टेटम्यान’ ले आगामी पुस्ताको बारेमा सोचिरहेको हुन्छ । सामान्य राजनीतिक व्यक्तिहरु तत्कालको जोडघटाउ र नाफानोक्सान हेरेर निर्णय लिइरहेका हुन्छन् र कदम चालिरहेका हुन्छन् भने एउटा स्टेटम्यानसँग दीर्घकालीन भिजन ९फारसाइटेड भिजन० हुन्छ । सामान्य राजनीतिक व्यक्ति आत्मकेन्द्रित हुन्छ र ऊ बढीमा आफ्नो गुटका लागि चिन्तित हुन्छ तर एउटा स्टेटम्यानले आफूलाई समेत बिर्सेर राष्ट्रको लागि सोचिरहेको हुन्छ ।
सामान्य राजनीतिक व्यक्ति यति अल्पकालीन खुद्रा विषयमा अल्मलिइरहेको हुन्छ कि आप्mनै चौघेरा नाघेर दुई पाइला परको दृश्यमा समेत उसको नजर पर्दैन । तर, एउटा राजनेता ९स्टेटम्यान० को नजर क्षितिज नाघेर पल्लो क्षितिजसम्म हुन्छ । भिजन भएका राजनेता एउटै देखिएनन् । वर्तमानमा टेकेर इतिहासको आलोकमा समृद्ध भविष्यको परिकल्पना नै भिजन हो । नेपालको इतिहासतिर फर्कंदा लिच्छवीकाल निकै उज्ज्वल देखिन्छ । त्यसबेलाका शासकहरु राष्ट्र र जनताप्रति समपिर्त थिए भनेर इतिहासले हामीलाई बताउँछ । आधुनिक नेपालमा पृथ्वीनारायण शाहपछि बहादुर शाह र महेन्द्रबाहेक सबै श्री ५ हरु भोगविलासमा मात्र लम्पट भए । बहादुर शाहले पृथ्वीनारायणकै अधुरो अभियानलाई अघि बढाएका हुन् । महेन्द्रले राष्ट्रलाई सुदृढ बनाउन प्रयास गरेको देखिन्छ । बाँकी शाहवंशीय राजाहरु वर्तमान पारसभन्दा माथि उठ्न सकेनन् ।
राजनीतिक पार्टीका नेताहरुतर्फ नजर लगाउँदा ३–४ जना त्यस्ता राजनीतिक व्यक्तिहरु फेला पर्छन् जोसँग फारसाइटेड भिजन थियो भन्न सकिन्छ । नामै लिएर भन्नुपर्दा बिपी कोइराला, पुष्पलाल, गणेशमान सिंह र मदन भण्डारीको नाम लिन सकिन्छ । गतिलो, दह्रो नेता नपाएर यो राष्ट्रले दुःख पाएको मात्र होइन, राष्ट्र अनाथ बन्न पुगेको छ । एउटा व्यवस्थालाई फालेर अर्को व्यवस्थामा प्रवेश गर्ने सक्रमणकालको घडीमा स्वार्थबाट माथि उठेको, प्रस्ट भिजन,दूरदृष्टि, उच्च विचार तथा दह्रो विश्वास, संकल्प र इच्छाशक्ति भएको स्टेटम्यानसिपको आवश्यकता पर्दोरहेछ । १९४७ को भारतमा महात्मा गान्धी, जवाहरलाल नेहरु, सरदार बल्लभभाइ पटेल, आचार्य कृपलानी जस्ता उच्च नेताहरु नभएका भए र त्यस्तै, सिंगापुरमा ली क्वान यु, फिलिपिन्समा रेमोन म्यागसेसे र दक्षिण अफ्रिकामा नेल्सन मण्डेला नभएका भए ती राष्ट्रहरु सक्रमणकाल पार गरेर ट्र्याकमा आउनसक्ने थिएनन् । इन्डोनेसियामा सुकार्नोको नाम लिँदा अहिले पनि ‘बंगकर्नो ९ठुल्दाज्यु०’ भनेर आदरपूर्वक उच्चारण गर्छन् । टर्कीमा कमाल अतार्तुकलाई जनताले हिर्दयमै राखेका छन् । नेतृत्वमा थोरै मात्र स्टेटम्यानसिपको तत्त्व भयो भने पनि राष्ट्रको उन्नति, प्रगति, विकास र समृद्धिमा कतिसम्म अन्तर पर्छ भन्ने त पछिल्लो कालमा मलेसियाका महाथिर महमद, ब्राजिलका लुइ इनासियो लुला तथा भारतका नरेन्द्रमोदी र नितीशकुमारकै उदाहरण पर्याप्त छ । सिंगापुरमा ली क्वान यु, र चीनमा देङ स्याओ पिङले २० वर्षमै राष्ट्रलाई समृद्धिको उचाइमा पुर्‍याए । यी सबै आप्mनो स्वार्थबाट माथि उठेर राष्ट्रका लागि समर्पित भएकाले मात्र सम्भव भएको हो । स्टेटम्यानसिप भएको नेताले आफ्नो स्वार्थलाई राष्ट्रको स्वार्थमा समपिर्त गर्ने भएकाले विश्वास आर्जन गर्छ र जनताले पनि पत्यार गर्छन् । जनतालाई उत्साहित पार्छ, घच्घच्याउँछ र सपना देख्न लगाउँछ, जसरी ४ महिनाअघि नरेन्द्र मोदी नेपाल आएर नेपालीलाई तरंगित गरे । तर, आप्नै कुत्सित स्वार्थमा गुडुल्किएका क्षुद्र नेताले जनतालाई सधैँ दिग्भ्रमित पार्छ, समस्यालाई गुजुल्ट्याएर जटिलतातिर लान्छ र राष्ट्रलाई संकटको भुमरीमा जाकिदिन्छ, जसरी नेपालका वर्तमान नेताहरुले गरिरहेका छन् । स्टेटम्यानको खोजी नगर्ने, यिनै क्षुद्रनेताहरुको भरमा राष्ट्रलाई सुम्पिने हो भने राष्ट्रको भविष्य अझै अन्धकारमय हुने छ ।

प्रतिक्रिया