‘गिरिजाप्रसादले गर्न नसकेको अब म गर्छु’

Sushil Koiralaकाठमाडौं, १४ चैत । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्यस्थिति ठीक रहेको बताएका छन् ।

बालुवाटारमा आज आयोजित कार्यक्रममा कोइरालाले आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता नगर्न आग्रह गरे ।

‘अहिले मेरो स्वास्थ्यस्थिति ठीक छ, नियमित रुपमा कार्यसम्पादन गरिरहेको छु’, उनले भने, ‘सहमति र सहकार्यका माध्यमबाट संविधान ल्याउन जोड दिइरहेको छु ।’

प्रधानमन्त्री कोइरालाले शान्ति प्रक्रियाका लागि गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरेका छन् ।

गिरिजाप्रसादले सुरू गरेको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफू लागिरहेको कोइरालाले बताए ।

उनले अब मुलुकले द्वन्द्व थेग्न नसक्ने बताउँदै नयाँ संविधान सहमतिबाटै बन्ने स्पष्ट पारे ।

प्रतिक्रिया