सात वर्षीय बालकलाई कठोर सजाय

Babuलन्डन । थाइल्यान्डमा सात वर्षीया बालकले सानो सामान चोरी गरेको आरोपमा आफ्नी अन्टीले खम्बामा बाँधेर कठोर सजाय दिएकी छिन् ।

घरको स्टोररुमबाट ‘कैडी’ नामक सामान चोरी गरेको अभियोगमा अन्टीले बालकलाई नाङ्गै बनाई खम्बामा बाँधेर सजाय दिएकी हुन् ।

बालकलाई दिइएको सजायको समाचार र तस्बिर सार्वजनिक भएपछि स्थानीय प्रहरीले घरमा छापामारेर ती महिलालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

महिलाविरुद्ध बाल यौन हिंसाको मुद्दा दर्ता गरिएको समाचारमा उल्लेख छ । स्थानीय प्रहरीले बालकको उद्धार गरेको छ । बालकको अस्पतालमा उपचार गरिएको छ ।

चोरीको अभियोगमा महिलाले बालकलाई खुब पिटेकी थिइन् । पिटाइका कारण बालकको शरीरभरि निलडाम देखिएका छन् ।

सजाय पाएपछि बालकले आफूलाई बाँधेको खम्बामा दिसा, पिसाव गरेका थिए ।

प्रतिक्रिया