जग्गा विवादमा झडप हुँदा सात जना घाइते

लहान, १० चैत । सिरहाको महदेवा पोर्ताहा गाविस–७ मा जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा दुवै पक्षका सात जना घाइते भएका छन् ।

गाउँमा रहेको छ धुर जग्गाका लागि स्थानीयवासी जगवीर यादव र गङ्गा यादव पक्षबीच सोमबार झडप हुँदा दुवै पक्षका छ पुरुष र एक महिला घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

घाइतेमध्ये जगवीर पक्षको लहानस्थित फ्रेन्डस अस्पताल लहान र गङ्गा  पक्षको लहानस्थित रामप्रसाद–उमा स्मारक अस्पतालमा उपचार भइरहेको प्रनाउ चतुर्वेदीले बताए ।

घाइतेमध्ये जगवीर, श्रवण र डम्बर यादवलाई थप उपचारका लागि विराटनगर पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया