‘भ्वाइस अफ खोटाङ’को उपाधि जीवन्तरागलाई

1खोटाङ । गायन प्रतियोगिता ‘भ्वाइस अफ खोटाङ’को पहिलो उपाधि जीवन्तराग राईले हात पारेका छन् ।

सात सय प्रतियोगीमध्ये छैटौं अडिसनसम्म आइपुगेका उत्कृष्ट दशलाई उछिन्दै बुइ“पाका जीवन्तरागले ‘भ्वाइस अफ खोटाङ’को उपाधि हात पारेका हुन् ।

यस्तै, लफ्याङका यसकुमार राई दोस्रो र दुर्छिमकी सुस्मिता राई ‘भ्वाइस अफ खोटाङ’को तेस्रो भए ।

‘भ्वाइस अफ खोटाङ’को पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त प्रतिभालाई क्रमशः ५१ हजार १७१, २६ हजार १७१ र ११ हजार १७१ रुपिया“ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ ।

तीनै जना प्रतिभालाई सङ्गीत विद्यालयमा अध्ययन गर्ने र चलचित्रमा गीत गाउने अवसरसमेत दिइने ‘भ्वाइस अफ खोटाङ’ आयोजक समितिका संयोजक दीपक ठटालले बताए ।

उनीहरुलाई साहित्यकार जसराज किराती र सङ्गीतकार शिलाबहादुर मोक्तानले पुरस्कार प्रदान गरेका थिए ।

‘भ्वाइस अफ खोटाङ’को फाइनल अडिसनमा नायक शीतल केसी, नायिका जस्मिन राई, गायिका कला राई, मेनुका राई, गायक विश्व तामाङ, चलचित्रकर्मी अर्जुन गुरुङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया