काठमाडौं, ८ चैत । साकार याक्थुम्बा पाँचौं राष्ट्रिय माउन्टेन बाइक डाउनहिल च्याम्पियनसिपको एलिटतर्फ पहिलो भएका छन् ।
साकारले शनिबार निर्धारित दूरी तय गर्न २ मिनेट ३९.२९ सेकेन्ड समय खर्चे । २ मिनेट ३९.६१ सेकेन्डमा मंगल लामा दोश्रो तथा २ मिनेट ३९.७० सेकेन्डमा राजेश मगर तेश्रो भए ।
ललितपुर साइक्लिङ संघद्वारा आयोजित प्रतियोगिताको जुनियरतर्फ आयुश कापार (३ मिनेट ११.६४ सेकेन्ड) पहिलो, सिबेश सापकोटो (४ मिनेट ०६.५७ सेकेन्ड) दोश्रो तथा आकाशमान तुलाधर (४ मिनेट ५५.५१ सेकेन्ड) तेश्रो भए ।
खुलातर्फ क्रिस केलिङ (२ मिनेट ३९.६१ सेकेन्ड) पहिलो, केलाब स्पियर (२ मिनेट ५०.११ सेकेन्ड) दोश्रो तथा पिम भान स्पान्जे (३ मिनेट ०१.२३ सेकेन्ड) तेश्रो स्थानमा रहे ।
हात्तीवन, फर्पिङमा भएको प्रतियोगिताको तीनै विधाको दूरी १.९ किलोमिटर थियो ।
प्रतिक्रिया