शाहरुखविरुद्ध मुद्दा दर्ता गर्न आदेश

Sharukha Khanमुम्बई : बलिवुड अभिनेता शाहरुख खानका लागि विवादमा फस्नु कुनै ठूलो कुरा होइन । कुनैन कुनै विषयमा शाहरुख विवादमा आइरहन्छन् पनि ।

वानखेडे स्टेडियममा मादक पदार्थ सेवन गरेर झगडा गरेको विषयमा शाहरुखविरुद्ध मुद्दा दर्ता गराउन आदेश दिइएको हो ।

सन् २०१४ मा भएको आइपीएल खेलमा कोलकत्ता नाईट राईडरको जीतका क्रममा शाहरुख खुसीयाली मनाउन मैदानमा जान खोजेपछि बिवाद भएको थियो । कोलकत्ता नाईाट राईडरको मालिक शाहरुख हुन् ।

सुरक्षाकर्मीले रोकेपछि शाहरुखले गाली–गलौज गर्दै हातपातमा उत्रिएका थिए । शाहरुखले छुट्याउन आएका कर्मचारीलाई पनि हातपात गरेको आरोप छ ।

शाहरुखविरुद्ध क्रिकेट मैदानमा मादक पदार्थ सेवन गरेर झैझगडा गरेको मुद्दामा उल्लेख रहने छ ।

सोही आरोपमा सजायका लागि शाहरुखविरुद्ध प्रहरीमा मुद्दा दर्ता गर्न आदेश दिइएको छ ।

प्रतिक्रिया