लन्डन : हलिउडीकी चर्चित सेलिब्रेटी किम कार्दाशियाको नाङ्गो तस्बिरले पुनः चर्चा पाएको छ ।
किमका पति कान्ये वेस्टले पत्नीको नाङ्गो तस्बिर ट्वीटरमा राखेर विभिन्न सन्देश लेखेपछि सञ्चारमाध्यममा उनीहरूको चर्चा भएको हो ।
पेशाले र्यापर हुन् किमका पति वेस्ट । किमको रियलिटी शो कीपिङ् अप विद् कार्दाशियाको १०औँ सिजनको प्रिमियर र किमको ट्वीटरमा पच्छ्याउनेहरूको संख्या ३ करोडा भएको खुसीयालीमा कान्येले बधाई दिन पत्नीको नाङ्गो तस्बिर शेयर गरेको जनाएका छन् ।
कान्येले किमका ८ वटा न्यूड तस्बिर आफ्नो ट्वीटर एकाउन्टमा शेयर गरेका थिए । ४ वटा तस्बिरमा कान्येले शुभकामना र दुई तस्बिरमा ‘म धेरै लक्की छु किमको पति हुन पाएकोमा’ भनेर लेखेका छन् ।
किमले पनि कान्येलाई ट्वीटरमा रहेको आफ्नो नाङ्गो तस्बिरमा कमेन्ट गर्दै ‘मेरो मायालु पति’ भनेर टिप्पणी गरेकी छिन् ।
केही समय पहिला किमले म्यागेजिनका लागि नाङ्गा तस्बिरहरू खिचाएकी थिइन् । ति तस्बिरहरूका कारण इन्टरनेटमा किमको खुब खोजी पनि भएको थियो ।
– एजेन्सी
प्रतिक्रिया