पुरुषहरूका लागि गर्भ निरोधक औषधि !

birth-controlन्यूयोर्क । अमेरिकन वैज्ञानिकहरूले पुरुषहरूका लागि महिलाले जस्तै प्रयोग गर्ने गर्भ निरोधक औषधि उत्पादनको अध्ययन अन्तिम चरणमा पुर्‍याएका छन् ।

यौनसम्पर्क गर्दा गर्भ बसिहाल्छ की भनेर डराउनुपर्ने अवस्थाबाट पुरुषहरूले छिट्टै छुटकारा पाउने समाचारमा जनाइएको छ ।

पुरुषहरूका लागि आवश्यक पर्ने गर्भ निरोधक औषधिको परीक्षण अन्तिम चरणमा छ ।

परीक्षण पूरा हुनेवित्तिकै उत्पादन गरेर औषधि बजारमा ल्याउने तयारी भइरहेको छ ।

कन्डम लगाएर यौनसम्बन्ध राख्दा असहज मान्ने पुरुषहरूका लागि यो गर्भ निरोधक औषधिले सहयोग गर्ने अनुमान गरिएको छ । औषधिले साइडइफेक्ट नगर्ने दावी गरिएको छ ।

यौन व्यवसाय गर्ने महिला तथा पुरुषका लागि यो औषधिले धेरै महत्व नराख्ने आलोचकहरूको भनाइ छ । जे होस औषधि आएमा पुरुषहरूलाई कन्डम लगाएर यौनसम्बन्ध राख्ने झन्झटबाट बचाउने जनाइएको छ ।

पुरुष प्रजनन् क्षमतामा अवरोध गरेर सन्तान उत्पादनमा कन्ट्रोल गर्ने जनाइएको औषधिको नाम ‘एच–२ गैमेंडाजोल’ राखिएको छ । यो औषधिले पुरुषको स्पर्मलाई आधा जला दिने क्षमता राख्छ ।

पुरुषका लागि गर्भ निरोधक औषधि उत्पादनको कार्यमा जुटेका बायोलोजिस्ट जोसेफ टैशका अनुसार स्पर्म नै नरहेपछि अन्डाणुले काम गर्न सक्ने छैन । जोसेफ टैशले औषधि पत्ता लगाउने कार्यमा सन् २००१ देखि निरन्तर काम गरिहेका छन् ।

पुरुष गर्भ निरोधक औषधिलाई मुसामा परीक्षण गरिसकिएको छ । मुसामा औषधिको परीक्षण सफल भइसकेको छ । मुसालाई औषधि खुवाएर गराइएको यौनसम्पर्कपछि गर्भ बसेको थिएन ।

 

प्रतिक्रिया