मोरङमा माछा मार्न जाँदा मृत्यु

morangविराटनगर, ३ चैत । माछा मार्न गएका मोरङको रमितेखोला–४ बस्ने १७ वर्षीय समिर राईको खोलामा डुबेर मृत्यु भएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार साँझ माछा मार्न गएका उनी घर नफर्केपछि आज बिहान आफन्तले खोलामा खोजी गर्दा उनी मृतावस्थामा फेला परेका हुन् ।

प्रतिक्रिया