काठमाडौं । सन् २०१५ को मिस आइडियल रोजिना तामाङ घोषित भएकी छन् । उनले शीर्ष अवार्डका अलवा एकेडेमी अवार्ड र सिम पर्सनालिटी पनि जितिन् ।
चावहिलस्थित आइडियल इङ्लिस हाइयर सेकेन्डरी स्कुलमा आयोजना गरेको कार्यक्रममा उनले २० हजार रुपियाँ पुरस्कार हात पारिन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पहिलो पटक आयोजना भएको प्रतियोगितामा चेसुङ लिम्बु र दीक्षा जिम्बा क्रमश: फष्ट र सेकेन्ड रनरअप घोषित भए ।
चेसुङले मिस पपुलरसहित १० हजार रुपिया र दीक्षाले मिस फेसबुक च्वाइस तथा मिस स्माइलको उपाधिसहित ५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।
आइडियल इङलिस हाइयर सेकेन्डरी स्कुलमा दस जोड दुईमा अध्ययनरत विद्यार्थीबीच भएको प्रतियोगितामा सुजाता लामाले बेस्ट क्याटवक र मिस फोटोजेनिक, अस्मिता खडकाले मिस पञ्चुअल, रोशनी नेपालले मिस इन्टेलिजेन्सको उपाधि प्राप्त गरे ।
अध्ययनसंगै अतिरिक्त क्रियाकलापमा विशेष जोड दिंदै आएको यस आइडियल उच्च माविले प्रतियोगितालाई वार्षिक रुपमा आयोजना गर्ने जनाएको छ ।
ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, सञ्चारकर्मी अशोकप्यासी राई, शिक्षासेवी रेनु लामा र मीरा लामा निर्णायक रहेको प्रतियोगितामा पेमा शेर्पाले मिस डिस्सिप्लिन, पवित्रा सुब्बाले मिस फ्रेन्डसिप र गीता तामाङले मिस ब्युटीफुलको उपाधि जिते ।
सो अवसरमा स्कुलका पूर्वविद्यार्थी एवं चर्चित कलाकार प्रमोद निर्वाण, सञ्जिव सिंहलगायतले आफ्नो गीत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया