सीमा क्षेत्रमा हुने आपराध नियन्त्रण गर्ने सहमति

Upendrakanta aryalकाठमाडौं, १ चैत । नेपाल र चीनका वरिष्ठ प्रहरी अधिकारीबीच दुई देशका सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि आपसी सहयोग विस्तार गर्ने सहमति भएको छ ।

चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा कानुन कार्यान्वयन अध्ययनका सिलसिलामा चीन भ्रमणमा गएको नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नेतृत्वकोे नौ सदस्यीय प्रतिनिधिमण्डल र चिनियाँ प्रहरी अधिकारीहरूबीच भएको छलफलमा पारस्परिक सहयोगको सहमति भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक अर्यालसहितको प्रतिनिधि मण्डलले चीनको राजधानी बेइजिङ तथा ल्हासा र छेन्दु जस्ता स्थानको सद्भावना भम्रण गरी शनिबार स्वदेश फिर्ता भएको छ ।

भ्रमणका क्रममा प्रहरी महानिरीक्षक अर्यालले बेइजिङस्थित सार्वजनिक सुरक्षा मन्त्रालयका उपमन्त्री छेन झिमिङ र तिब्बत स्वशासित क्षेत्र ल्हासाका कार्यकारी उपाध्यक्ष देङ जिआवोगाङ सँग भेटघाट गरेका थिए ।

प्रहरी महानिरीक्षक अर्याल र उच्च प्रहरी अधिकृतहरू यही फागुन २४ गते चीन प्रस्थान गरेका थिए ।

प्रतिक्रिया