पूर्वाञ्चलका दुई पत्रकार पुरस्कृत

kiratधरान, ३० फागुन । किरात राई पत्रकार संघ सुनसरीले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

रेडियो नेपाल क्षेत्रीय पूर्वाञ्चल प्रसारण केन्द्र धनकुटाका टकलाल राई (टिएल ) र हिमालयन टेलिभिजनका सम्वादाता भारती राईलाई श्यामराज दुब्देहाङ्ग राई स्मृतिको अवसर पारेर सम्मान गरेको हो ।

सो अवसरमा समाजसेवी धरान–१८ की निर्मला राईलाई पनि सम्मान गरिएको थियो । पुरस्कृत हुने व्यक्तिहलाई जनहि नगद ५ हजार ५ सय ५ दिइएको छ ।

प्रतिक्रिया