कहिले हुन्छ पूजा साहको अन्तिम संस्कार ?

kalaiyaकलैया, २९ फागुन । बलात्कारपछि मृत्यु भएकी बाराकी सात वर्षीय बालिका पूजा साहको आज चौथो दिन पनि अन्तिम संस्कार हुन सकेको छैन ।

स्थानीयले बलात्कारीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै कलैयास्थित भरत चौकमा बालिकाको शव राखी प्रदर्शन जारी राखेका छन् ।

उनीहरुले आज पनि कलैया बजार बन्द गरी कलैया–वीरगन्ज सडकसमेत बन्द गराएका छन् ।

रिपोर्टर्स क्वल कलैयाद्वारा आयोजित कार्यक्रममा ‘बेटी बचाउ’ कार्यक्रमका संयोजक एवम् पूर्व सभासद् प्रमोद गुप्ताले आफूहरुको मागप्रति सरकार गम्भीर नभएकाले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

प्रतिक्रिया