भारतसँगको हारले नेपाल अप्ठेरोमा

Nepal India Football

काठमाडौं, २९ फागुन । प्रारम्भिक विश्वकप फुटबल छनोटको पहिलो लेगमा नेपालले भारतसँग २–० को पराजय भोगेको छ । भारतीय भूमिमा भएको खेलमा गोलको खाता नै खोल्न नसकी पराजयको सामना गर्नुपरेपछि नेपाल पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

गुहावटीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशाालमा बिहीबार बेलुका भएको खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा थियो । दोस्रो हाफको ५३औं मिनेटमा सुनील क्षेत्रीको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो । ७०औं मिनेटमा क्षेत्रीले थप गोल गरेका थिए । नेपाली गोलरक्षक किरण चेम्जोङले २ आकर्षक बचाउ गर्दै नेपाललाई अझ फराकिलो अन्तरको हारबाट जोगाएका थिए । आगामी मंगलबार दशरथ रंगशालामा दोस्रो लेग खेल हुनेछ ।

तस्बिर साभार गोलनेपाल डटकम

प्रतिक्रिया