तीन शिक्षक संघ, संगठनहरूद्वारा महासंघ गठन

Teacherकाठमाडौं, २९ फागुन । मुलुकमा क्रियाशील तीन प्रमुख शिक्षक युनियनबीचको सहमतिका आधारमा गठित ‘नेपाल शिक्षक महासंघ’ले केशव निरौलाको अध्यक्षतामा ६७ सदस्यीय राष्ट्रिय तदर्थ महासमिति घोषणा गरिएको छ ।

तीन युनियनमा विभिन्न पार्टी निकटका शिक्षक र कर्मचारीका गरी २२ संस्था आवद्ध छन् ।

कांग्रेस निकट नेपाल शिक्षक संघका अध्यक्ष निरौला महासंघको अध्यक्ष भएपनि सो संस्थाले पाएको चार अन्य पदाधिकारीमा आन्तरिक विवादका कारण मनोनयन हुन सकेको छैन ।

महासंघको सहअध्यक्षमा एमाओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका रत्नबहादुर वली र महासचिवमा एमाले निकट अखिल नेपाल राष्ट्रिय संगठनका तिलक कुँवर चयन भएका छन् ।

उपमहासचिवमा नेकपा (माओवादी) निकट घनश्याम पाठकलाई जिम्मा दिई राजनीतिक प्रतिनिधित्व मिलाइएको छ ।

यसैगरी, महिला उपाध्यक्षमा टीका राई, उपाध्यक्षमा मधु तिमल्सिना, विश्वनाथ पटेल, विष्णुकुमार चौधरी र लालबाबु यादव रहेका छन् ।

उपमहासचिवमा पूर्ण दवाडी, हरिप्रसाद जोशी र देवीदत्त यादवरहेका छन् । सचिवमा नानुमाया पराजुली, हरिशचन्द्र गौली, सौमाया राई, शान्ति ढकाल रहेका छन् ।

सो तदर्थ समितिले एक वर्षभित्र महाधिवेशन गर्ने अध्यक्ष मण्डलका संयोजक बाबुराम थापाले जानकारी दिए ।

प्रतिक्रिया