झापामा चोरीमा संलग्न दुई भारतीय पक्राउ

http://www.dreamstime.com/royalty-free-stock-images-two-thieves-talking-image7809869झापा, २८ फागुन । केही दिनअघि झापाको राजगढ बजारमा लुटपाट मच्चाउने लुटेरामध्येका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको दिघल बैंकस्थित टप्पु निवासी २२ वर्षीय मञ्जर आलम र सोही ठाउँका २३ वर्षीय मोहमद इसाक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोजकुमार पौड्यालले जानकारी दिए ।

यसअघि प्रहरीले भारतको महमारी निवासी मोहमद नासिरलाई पक्राउ गरेको थियो ।

गत फागुन १२ गते राति उनीहरुले झापाको राजगढ बजारमा खगेन्द्रप्रसाद गणेशले सञ्चालन गरेको इलेक्ट्रोनिक पसल फुटाएर लाखौँ मूल्यका सामान चोरी गरेको जिप्रका झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए ।

पक्राउ परेका तीनैजनालाई अहिले जिप्रकामा राखेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया