स्थानीय निकायको चुनाव गरौं : सिंह

Prakash-Man-Singचितवन, २८ फागुन । उपप्रधानमन्त्री प्रकाशमान सिंहले अन्तरिम समयका लागि भए पनि स्थानीय निकायको निर्वाचन तत्काल गर्नुपर्ने बताएका छन् ।

चितवनको भरतपुरमा आज आयोजित कार्यक्रममा स्थानीय विकासमन्त्रीसमेत रहेका सिंहले सबै दलले घोषणापत्रमा दोस्रो संविधानसभाको निर्वाचनपछि छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने उल्लेख गरेको स्मरण गराए ।

‘नयाँ सविंधान जारी भएपछि स्थानीय निकायको निर्वाचन गर्न समय लाग्छ’, उनले भने, ‘अन्तरिम समयका लागि भए पनि स्थानीय निकायको निर्वाचन यथाशक्य छिटो गर्नुपर्छ ।’

स्थानीय निकायको निर्वाचनले संविधान निर्माणमा कुनै असर नपर्ने बताउँदै उनले स्थानीय निकायको निर्वाचनका लागि बाटो खोल्न संशोेधित प्रस्ताव संसदमा पेस भइसकेको बताए ।

प्रतिक्रिया