काठमाडौं, २८ फागुन । पत्रकार गजेन्द्र विष्टको घरबाट साढे चार लाख बराबरको चोरी भएको छ ।
विष्टका अनुसार बुधबार दिउँसो काठमाडौं महानगरपालिका–३, बसुन्धरास्थित घरमा कोही नभएको अवस्थामा बाथरुमको झ्याल फुटाएर चोरी गरिएको छ ।
चोरले दराज फुटाएर छ तोला सुन, २५ तोला चाँदी, ३० हजार नगद र ६० हजार बराबरको क्यामरा चोरी गरेको अर्थमन्त्रीका सल्लाहकार तथा नेपाल आर्थिक समाज (सेजन)का पूर्व अध्यक्षसमेत रहेका पत्रकार विष्टले जानकारी दिए ।
उनले नगद तथा भौतिक सामग्रीसहित चार लाख ५० हजार बराबरको चोरी भएको उल्लेख गर्दै उक्त चोरीको छानविन गर्न प्रहरीसमक्ष अनुरोध गरेका छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक सानुराम भट्टराईका अनुसार प्रहरीले घटनास्थलको मुचुल्का र औठा छाप लिई अनुसन्धान कार्यलाई अगाडि बढाइएकोे छ ।
प्रतिक्रिया