लैनचौरमा दुई विद्यार्थी सङ्गठनबीच झडप

काठमाडौं, २७ फागुन । लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा आज दुई विद्यार्थी सङ्गठनबीच झडप भएको छ ।

अनेरास्ववियुका कार्यकर्ताले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको टेबुल र कुर्सीमा जलाइदिएपछि उक्त सङ्गठनका कार्यकर्ता र अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताबीच झडप भएको हो ।

अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता दीपेश पुनले क्याम्पस प्रमुखको कार्यकक्षतिर गएर आगजनी गर्न थालेपछि आफूहरूले त्यसलाई रोक्न खोज्दा झडप भएको बताए ।

झडपका क्रममा अनेरास्ववियु क्रान्तिकारीको दुई र अनेरास्ववियुका पाँच कार्यकर्ता घाइते भएका छन् ।

अनेरास्ववियुले क्याम्पसमा शान्तिसुरक्षाको अवस्था कमजोर भएको, पठनपाठन नियमित हुने नगरेकोजस्ता माग राख्दै क्याम्पस प्रमुखको राजीनामा माग्दै आएको थियो ।

आगजनी तथा तोडफोडपछि प्रहरीले रितेश सापकोटालाई केही समय नियन्त्रण लिएर छोडेको थियो ।

घटनाका सम्बन्धमा दुवै विद्यार्थी सङ्गठनका नेताहरूबीच छलफल भइरहेको प्रहरी नायब निरीक्षक रोशन शाहले जानकारी गराए ।

प्रतिक्रिया