मिस इन्डियामा नेपाली युवती सहभागी

6काठमाडौं । नेपाली चेली रेवती क्षेत्री भारतीय सौन्दर्य प्रतियोगिता ‘मिस इन्डिया २०१५’को उपाधि नजिक पुगेकी छन् ।

उनी अन्तिमस्पर्धाका लागि छानिएकी हुन् । उनले अब आउदो मार्च २८ तारिखका दिन आयोजना हुने अन्तिमस्पर्धामा १५ सुन्दरीहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।

बेली डान्सिङमा रुची राख्ने उनी भारतको एनइएफ ल क्याम्पसमा अध्ययनरत छिन् ।

भगवानले आफूलाई बनाउन केही समय खर्च गरेका कारण आफ्नो शरीरलाई निकै महत्व राख्ने बताउँछिन् । उनी आफ्नो पुरुष विश्वास योग्य, मायालु र आफूप्रति समर्पित होस् भन्ने बिचार राख्दन्छिन् ।

क्षेत्रीले आफ्नो फेसबुक पेजमा आफूलाई भोट गर्न आग्रह गर्दै नेपाली पहिरनमा सजिएको फोटोसमेत सेयर गरेकी छिन् । भोटले आफूलाई मिस इन्डियाको ताज दिलाउने उनको विश्वास छ ।

प्रतिक्रिया