पहिचानसहितकै संघीयता : दाहाल

prachandaललितपुर, ३१ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधानसभाले पहिचानसहितको संघीय संविधान बनाउने जीकिर गरेका छन् । किरात राई यायोक्खा ललितपुरद्वारा बुधवार आयोजित उभौली साकेला पर्वको शुभारम्भ गर्दै अध्यक्ष दाहालले सबै जातिको पहिचान हुने गरी संघीय संविधान बन्ने दावी गरे ।
उनले अब बन्ने संविधानले नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउने पनि तर्क गरे । नेपालभरि छरिएर रहेका सबै जातजातिका लागि विगतमा समान व्यवहार नभएको धारणा राख्दै सबै क्षेत्रमा बसोबास गर्ने नेपालीको जाति, धर्म, भाषा, संस्कृति पहिचानका निमित्त राज्यले समान व्यवहार गर्नुपर्नेमा पनि उनले जोड दिए । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले सबै क्षेत्रको प्रतिनिधित्व हुने किसिमको संविधान मात्र दिगो हुने तर्क गरे ।
जातीय उत्पीडित, भाषा, संस्कृतिको रक्षाका लागि आफूले नयाँ पार्टी स्थापना गरेको अध्यक्ष राईको तर्क थियो । किरात राईहरूले मनाउने यो पर्वलाई खेतबारीमा अन्न लगाउनका लागि विशेष महत्वका रूपमा हेरिन्छ ।

प्रतिक्रिया