सहायक महासचिव झु आज आउने

काठमाडौं, ३० बैशाख । संयुक्त राष्ट्र संघका सहायक महासचिव तथा राष्ट्र संघ विकास कार्यक्रमका क्षेत्रीय निर्देशक हाओलियाङ झु नेपालको तीन दिने भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछन् । उनको भ्रमणको मुख्य उद्देश्य नेपालको पछिल्लो विकासको अवस्थाबारे जानकारी लिन रहेको बताइएको छ । झुको यो पहिलो नेपाल भ्रमण हो । गतवर्षको सेप्टेम्बरमा उनी सो पदमा बहाली भएका थिए ।
झुले प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री रामशरण महत, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल, सार्कका महासचिव अर्जुनबहादुर थापालगायतलाई भेट्ने कार्यक्रम छ ।
झुले बिहीबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द
पोखरेलसँग संयुक्तरूपमा नेपाल मानव विकास प्रतिवेदन २०१४ लोकार्पण गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया