भक्तपुरमा जबरजस्ती करणीको घटनामा वृद्धि

भक्तपुर, १५ वैशाख । मुलुकभर नै महिला हिंसाको घटनाहरु बढ््रदै गईरहेको तथ्यांक आईरहेको अवस्थामा नेपालको सबभन्दा सानो जिल्ला भक्तपुरमा बलात्कारका घट्नामा भने वृद्धि हुन थालेको छ ।
बलात्कार जस्तो अमानविय घटना बढनुले समाजको असुरक्षा मात्र नभएर अन्य सामाजिक परिवेशलाई समेत चुनौती थपीएको छ । केही वर्ष अघिसम्म वर्षमा ३/४ वटा भन्दा बढी बलात्कारका घट्ना नहुने भक्तपुरमा बिगत केही वर्ष देखी अहिले दर्जन भन्दा बढी बलात्कारका घटना घटन् थालेको छ ।
जिल्लामा यस आर्थिक वर्षको पहिलो आठ महिनामा ७ वटा बलात्कारको घटना भएको छ भने चैत महिनामा थप ३ वटा घटना भएको प्रहरीले जानकारी दिएको छ । यी घटना भनेको प्रहरीमा दर्ता भएका माात्र हुन् । दर्ता नभएका अरु धेरै घटना पनि हुन सक्छन् ।साउन यता मात्र भक्तपुरमा १० वटा बलात्कारको घटना भएको र ती घटनामा विशेष गरि नाबालिका निशाना बन्न पुगेको प्रहरीको भनाई छ ।
१० वटा घटना मध्ये पाँच वटामा बालिका पीडित भएको महानगरीय प्रहरी परिसर भक्तपुरले वानकारी दिएको छ । घटनामा सात वर्ष देखि १४ वर्षसम्मका बालिका बलत्कारको सिकार भएका छन् । प्रहरीका अनुसार एकै व्यक्तिले दुईवटा समेत बलात्कार गरेका पाइएको छ ।
प्रहरीका अनुसार काभ्रे महादेवस्थान घरभई झौखेल ६ बस्ने राम सिग्देलले गत साउन ३२ गते झौखेलकै ११ वर्षकी बालिका र भदौ १ गते सोही स्थान बस्ने ७ वर्षकी बालिकालाई बलात्कार गरेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायक उपरीक्षक रमेश थापाले बलात्कार र जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा संमवेदनशील हुने भएकाले प्रहरीले होशियारीपूर्वक अनुसन्धान गर्नु प्रहरीको कर्तव्य भएको बताए ।
किशोरा अवस्थामा यूवा युवती मन मिलेपछिसँगै बस्ने र मनमुटाव भएपछि जवरजस्ती गरेको आरोप लगाउने गरेको घट्ना समेत पाईएको थापाले बताए । मध्यपुर थिमी १६ लोकन्थलीमा भएको एक घटनामा पीडित भनिएकी युवतीले नै युवकलाई फसाएको स्थानीयबासिन्दाले युवती माथी आरोप लगाएका छन् ।
पश्चिमे जिवन शैलीलाई सिको गर्दै लामो समय केटा केटी एउटै कोठामा सँगै बस्ने तर केही कुरामा सहमत हुन नसके पछि युवतीहरुले जबरजस्ती करणी गरेको आरोप लगाउने गरेको समेत बुझीएको छ ।
केही समय अघि देखी संगै बस्दै दुई जना बिच विवाह गर्ने विषयमा कुरा नमिलेपछि युवतीले जवरजस्ती करणी गरेको आरोप लगाएको स्थनीयबासिन्दाको भनाई छ ।
प्रहरीका अनुसार अघिल्लो वर्षमा २०६८०६९ मा भक्तपुरमा १२ वटा जर्वजस्ती करणीको घटना भएका थिए । वर्ष २०६९/०७० मा भक्तपुरमा १५ वटा जर्वजस्ती करणीका घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया