उपचारको नाममा ठगिँदै सर्वसाधरण

धनगढी, ३० चैत । कैलालीको सेती अञ्चल अस्पतालमा स्वास्थ्य क्षेत्रबाट अनविज्ञ प्राविधिक भएको कारण एउटै टेस्टमा अलग/अलग नाममा सर्व सधारणहरुबाट रकम असुलिएको खुल्न आएको छ ।
सेती अञ्चल अस्पतालमा कम्प्यूटर चलाउने प्राविधिकलाई कुन टेस्ट कुन नामको हो भन्ने थाहा नभएको कारण एउटै टेस्टमा २ वा सो भन्दा बढी टेस्टको नाममा बिरामीहरुबाट रकम लिइरहेको प्रमाण फेला परेको छ । एलएफटि भित्र विलिरोविन, एस जि पि टि, एस जि ओ टि, अल्कालाइन फोस्फेट पर्ने भए ता पनि एलए फ टि लेखेर त्यसै बिलमा एस जि पि टि, एस जि ओ टिको समेत गरि दोहोरो रकम लिएको पाइएको छ । त्यसै गरी सिबिसि भित्र टिसि, डिसि र एच बि एउटै टेस्ट भए पनि डाक्टरले सिबिसि लेखेर एचबि लेखिदिए पछि प्राविधिकले एउटै टेस्टमा दोहोरो रकम लिएर बिल बनाइरहेको देखिएको छ ।
अस्पातलमा आउने विरामीहरु प्राय स्वास्थ्य क्षेत्रमा अनविज्ञ नै हुन्छन् । विरामीहरुलाई डाक्टरले जे टेस्ट गरे पनि विल अनुसारको रकम तिर्नुपर्ने हुन्छ । तर त्यसैको फाइदा एउटै टेस्टबाट नाम फरक फरक राखी सानो तिनो रकम असुलिरहेको तथ्य फेला परेको हो ।
कैलाली जिल्लाको सबै भन्दा ठूलो अस्पतालको नाममा चिनिएको सेती अञ्चल अस्पतालमा दैनिक २ सय भन्दा बढी विरामी आउने गर्दछन् । उनीहरु एचबि टेस्ट गरेको ३० रुपैयाँ तिर्नु पर्ने ठाउँमा दोहोरो तेहोरो गरी १ सय रुपैयाँ भन्दा बढी तिरीरहेका हुन्छन् ।
यसै विषयमा सेति अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ड डा. गणेशबहादुर सिंहले सेती अञ्चल अस्पतालमा विज्ञ प्राविधिक, सबै रोग विशेषज्ञ प्राविधिक राख्ने क्षमता नभएकोले कम्प्यूटर सम्बन्धि ज्ञान भएकोलाई विकास समितिको तर्फबाट कर्मचारीको रुप राख्ने गरेको बताउँदै उनीहरुलाई टेस्ट सम्बन्धि जानकारी नभएको स्वीकार गरे ।
उनले अबको दिनमा डाक्टर र प्राविधिकहरुलाई एकै ठाउँमा बसालेर उक्त विषयमा जानकारी दिने बताए । डा. सिंहले यस्ता साना तिन गल्ती त हुने र अब यस्तो गल्ती दोहोरिन नदिन डाक्टर प्राविधिकहरुलाई सचेत बनाउने बताए ।
उनले सेती अञ्चल अस्पतालमा नेपाल सरकारबाट १ सय जनाको दरबन्दी र विकास समितिबाट ८३ जनाको दरबन्दी गरि जम्मा १८३ हुनु पर्नेमा हाल नेपाल सरकारबाट ८१ जना र विकास समितिबाट ५७ जना गरि १३८ जना मात्र कर्मचारी रहेको बताए ।
डा. सिहले सेती अञ्चल अस्पतालमा मानसिक रोग, नाक कान घाँटीको सर्जन, प्याथोलाेिजस्ट, एन्एडथक्ट्रीक्स्, डरम्याटोलोजी (छाला रोगी), मेडिकल टेक्नोलोजिस्ट गरी ७ विशेषयज्ञहरुलाई पद पुर्ति गर्न नसकेको खण्डमा प्राविधिक नै विशेषज्ञ पुर्ति गर्न झनै गाह्रो रहेको बताए ।
उता इमर्जेन्सी तिर बेडको अभावले विरामीहरुलाई राख्न गाह्रो भएको इमर्जेन्सीका इन्चार्ज कृष्ण बोहराले बताए । गर्मीको सुरुवात सँंगै विरामी बढ्न थाले पछि बेड अभाव भएको उनको भनाई छ । उनले गर्मीको कारण दिनमा १२० भन्दा बढी विरामी इमर्जेन्सीमा आउने गरेको बताउँदै दिनको २ सय जति ओपिडिबाट आएकोले बेड अभाव भएको दाबी गरे । इमर्जेन्सीमा हाल ७ वटा मात्र बेड भएकोले विरामीहरुलाई राख्न गाह्रो भइरहेको बताउँदै इमर्जेन्सीमा कम्तीमा १५ वटा बेड भए विरामी राख्न सजिलो हुने बताए ।
उनले गर्मीको कारण झाडा पखाला, ज्वरो, निमोनियालगायत विरामीहरु बढी आउने गरेको बताउँदै गर्मी मौसममा खानपिन, पानी र सरसफाईमा ध्यान दिन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया