सभापति चयन कार्यविधि स्वीकृत

काठमाडौ, ३० चैत । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको आइतवारको बैठकले समितिको सभापतिको चयन सर्वसम्मत हुने निर्वाचनसम्बन्धी आन्तरिक कार्यविधि स्वीकृत गरेको छ ।
सिंहदरबारस्थित संविधानसभा सचिवालयमा बसेको बैठकमा अध्यक्षता गरेका समितिका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले राखेको सोसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो । समितिको अघिल्लो बैठकले समितिको सभापति चयनका लागि आइतवारको मिति तोकेकोमा प्रमुख दलहरूबीच सहमति कायम हुन नसक्दा यसको मिति सरेको छ ।
समितिको सभापति चयनका लागि आगामी ५ वैशाखको समयसीमा तोकिएको छ । आइतबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले सहमतिका आधारमा सभापतिको चयन गरिनुपर्ने धारणा राख्दै त्यसका लागि सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्न आवश्यक रहेको सुझाव दिए ।

प्रतिक्रिया