युक्रेनी एअरबेस रसियाली घेराबन्दीमा

123443221एजेन्सी : रसियाली सेनाले क्राइमियामा रहेको युक्रेनी एअरवेसलाई चारैतिरबाट घेरा हाली आत्मसमर्पण गर्न भनेको छ ।
युक्रेनी झण्डा फहराइरहेको सो एअरबेस केही सीमित सैन्य सुविधा भएको क्राइमियाको क्षेत्र हो जो अझैसम्म पनि युक्रेनको नियन्त्रणमा छ । सो एअरबेसका एक अधिकारीका अनुसार रसियाली सेनाले चारैतिरबाट घेरा हाली आत्मसमर्पण गर्न निर्देशन समेत दिएका छन् । ती अधिकारकिा अनुसार शनिवार दिउसो १२३० बजेसम्मको समयमा सो क्षेत्र छाड्न रसियाली सेनाले अल्टिमेटम दिएको थियो । तर युक्रेनी सेनाले भने अझै पनि सो क्षेत्र छाडेको छैन । र उनीहरुले सो क्षेत्र नछाड्ने बताउदै आएका छन् ।
रसियाले क्राइमिया प्रायद्धिप विना रक्तपात नै आफनो नियन्त्रणमा लिएको छ । तर पनि गत साता भएको एक बन्दुक आक्रमणमा एक युक्रेनी कर्मचारीको मृत्यु भएको थियो । अन्य दुई घाइते भएका थिए । युक्रेनका रक्षा मन्त्रीले शुक्रवारमात्रै क्राइमियाको एअर बेस अझै पनि आफनो नियन्त्रणमा रहेको बताएका थिए । तर क्राइमियाका अधिकांश क्षेत्रमा रसियाली झण्डा फहराइसकेका छन् । गत साता क्राइमियामा भएको विवादास्पद जनमत संग्रह पछि सो क्षेत्र रसियामा गाभिएको हो । युक्रेनको भुभागको रुपमा रहेको क्राइमिया रसियाले लिए सँगै पश्चिमा मुलुकसँग रसियाको सम्बन्ध चिसिएको छ । अमेरिका र युरोपियन युनियनले रसियाको सो कदमको कडा विरोध गर्दै आएका छन् । उनीहरुले तत्काल क्राइमिया छाड्न रसियालाई चेतावनी समेत दिइसकेका छन् ।
तर रसियाले भने क्राइमिया विगतमा पनि रसियाको भुभाग रहेको र अव पनि रहने बताइसकेको छ । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले पनि क्राइमिया रसियामा गाभ्ने औपचाकिर प्रक्रिया शुरु गरिसकेका छन् । रसियाको सो कदम पछि युरोपियन युनियन र अमेरिकाले रसिया र युक्रेनका झण्डै दुई दर्जन उच्च अधिकारीलाई यात्रा प्रतिबन्ध लगाएको छ । साथै उनीहरुको विदेशमा रहेको सम्पत्ती समेत रोक्का गरेको छ ।

प्रतिक्रिया