हिरासतमै ट्याक्सी चालकको मृत्यु

काठमाडौं, ६ चैत । ललितपुर चापागाउँस्थित प्रहरी हिरासतमै एक ट्याक्सी चालकको मृत्यु भएपछि अन्य ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् । ट्याक्सी चालकहरूले चापागाउँ, सातदोबाटो, जावलाखेललगायत ठाउँमा भेला भएर प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले प्रहरी दोषी भएको भन्दै कारवाहीको माग गर्दै नारा जुलुस गरेका थिए । बुधबार राति चालक रवी महर्जनको हिरासतमै रहेको बेला मृत्यु भएको थियो ।
मृतकका आफन्तले भने प्रहरीको यातनाका कारण ज्यान गएको आरोप लगाएका छन् । तर, प्रहरीले भने हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ । १४ दिनदेखि थुनामा रहेका महर्जन राति डेढ बजे अचानक छट्पटाएपछि उनलाई पाटन अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको चापागाउँ प्रहरीको दाबी छ । प्रहरीले लागुऔषध सेवनका क्रममा चालक महर्जनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया