कांग्रेस प्रमुख सचेतकमा श्रेष्ठ

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ । कांग्रेसको प्रमुख सचेतकमा चिनकाजी श्रेष्ठलाई र सचेतकमा इश्वरी न्यौपानेलाई नियुक्त भएका छन् ।
संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार श्रेष्ठ र न्यौपानेलाई नियुक्ति गरेका हुन् । कांग्रेसको विधानमा संसदीय दलको नेताले प्रमुख सचेतक र सचेतक नियुक्ति गर्ने व्यवस्था गरेका छ । प्रमुख सचेतक भएका श्रेष्ठ संस्थापन पक्षिय नेता मानिन्छन् । भने सचेतक न्यौपाने देउवा पक्ष नेता हुन् ।

प्रतिक्रिया