आजको बन्द फिर्ता

काठमाडौ, ३ चैत । नेकपा–माओावदीनिकट क्रान्तिकारी मजदुर संगठनले मंगलबार गर्ने भनेको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा भएपछि त्यसको विरोधमा गर्ने भनिएको बन्द फिर्ता भएको संगठनका अध्यक्ष रामदीप आचार्यले बताए । ‘प्रहरीद्वारा हाम्रा पक्राउ कार्यकर्ता रिहाइ भएकाले बन्दको कार्यक्रम फिर्ता गरियो,’ आचार्यले भने, ‘भोलिको बन्द फिर्ता भएको छ ।’ दरबारमार्गस्थित एभरेस्ट डि कार्गोमा कार्यरत मजदुरलाई निष्काशन गरेको विरोधमा आन्दोलनमा उत्रेका मजदुरलाई प्रहरीले गत साता पक्राउ गरेको थियो ।

प्रतिक्रिया