सेलिब्रेटीको पिकनिक धुलिखेलमा

picnicकाठमाडौं, १२ फागुन । ए वान म्युजिसियन स्टुडियोले गत शनिबार १० फागुनमा वनभोज (पिकनिक) कार्यक्रम आयोजना गर्‍यो । गीत–संगीत क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु र केही पत्रकारहरुको सहभागिता रहेको पिकनिकमा करिब ६० जनाको उपस्थिति रहेको थियो । पिकनिक धेलिखेलको हिमालयन हाउस रिसोर्टमा आयोजना गरिएको थियो ।
पिकनिकमा वरिष्ठ गीतकार राजेन्द्र थापा, राजुबाबु श्रेष्ठ, विपिन किरण, योगेन्द्रमणि दाहाललगायत सहभागी थिए । संगीतकारहरूमा सचिन सिंह, राजु सिंह, लक्ष्मण शेस, महेश खड्का, बसन्त सापकोटा, ताराप्रकाश लिम्बू, हरि लम्साल, दीपक शर्मा, राजकुमार बगर, शशि गुरुङलगायत सहभागी थिए ।
एरेन्जरहरुमा राजन इसान, गोपाल रसाइली, आमोश तामाङ पिकनिकमा सहभागी थिए । गायकहरुमा वरिष्ठ गायक दीप श्रेष्ठ, दिपक लिम्बु, रामचन्द्र काफ्ले, पहिलो नेपाल आइडल विक्रम राई, सुमन सरगम, युवराज चौलागाईं, सुनिल मास्के, रुकमान लिम्बुलगायत सहभागी थिए । वाद्यवादक रविन कार्की ढली, ए वान म्युनिसियनका रेकर्डिस्ट तथा सञ्चालक किसोर थापा, बिन र किरन थापाल, डा. रञ्जित झा, सञ्चारकर्मी नरेश भट्टराई र पंकज राई लगायत सहभागी थिए ।
सधै अरुको मनोरञ्जनका लागि व्यस्त रहने सेलिब्रेटीहरु एक दिन फुर्सद निकालेर पिकनिक जाँदा छुट्टै प्रकारको मनोरञ्जन प्राप्त भएको संगीतकार महेश खड्काले बताए । पिकनिकका आयोजक किशोर थापाले अघिल्लो वर्षहरुमा जस्तै यो वर्षको पिकनिक पनि मनोरञ्जनात्मक भएको बताउँदै सहभागी सबै व्यक्तित्वहरुलाई धन्यवाद दिए ।

प्रतिक्रिया