राष्ट्रपति–प्रधानमन्त्री भेट

काठमाडौं, २९ माघ । राष्ट्रपति डा. रामवरण यादवले नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालालाई संविधान लेखनलाई पहिलो प्राथमिकतामा राखेर काम कारवाहीअगाडि बढाउन सुझाव दिएका छन् । राष्ट्रपति भवन सितल निवासमा बुधवार भएको भेटवार्तामा राष्ट्रपतिले एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धताअनुरूप काम गर्न पनि प्रधानमन्त्री कोइरालालाई सुझाव दिए ।
प्रधानमन्त्री कोइरालालाई कार्यकाल सफलताको शुभकामना दिँदै राष्ट्रपतिले एक वर्षभित्र संविधान जारी गर्ने दलहरूको प्रतिबद्धतालाई सरकारले पहिलो प्राथमिकतामा राखी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् ।
संविधान निर्माणलगायत सरकार सञ्चालनमा सकेसम्म सबै शक्तिलाई विश्वासमा लिएर अघि बढ्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेका थिए ।
राष्ट्रपति डा. यादवले पहिलो संविधानसभाको विघटन भएपछि अवरुद्ध भएका संवैधानिक निकायमा रिक्त पदाधिकारी  नियुक्तिलगायत प्रक्रिया अघि बढाउन आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति डा. यादवले सरकार शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र सुशासन कायम गराउन सफल हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया