एमाले राष्ट्रपति निर्वाचनमा अडिग

balkhu copy
काठमाडौं, २४ माघ । संविधानसभा र व्यवस्थापिका संसद् नयाा निर्वाचनबाट गठन भएको संस्था भएकाले अघिल्लो सदन/सभाबाट निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिन नसकिनेमा नेकपा एमाले अडिग रहेको छ । शुक्रबार बसेको व्यवस्थापिका संसदको बैठकमा बोल्दै संसदीय दलका नेता केपी ओलीले पार्टीको अडान दोहोर्‍याए । ती दुवै पदमा निर्वाचन हुनुपर्ने उनको माग थियो ।
ओलीले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिप्रति आफ्नो दलको पूर्णसम्मान रहेको तर नयाा जनादेश प्राप्त सार्वभौम संसद्ले अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुसार अर्को निर्वाचन गर्नैपर्ने आवश्यकता रहेको बताए । छिमेकी मुलुक चीन र भारतका राष्ट्रपतिहरूको निश्चित कार्यकाल तोकी जनचाहनाअनुसार निर्वाचन हुने गरेका दृष्टान्त प्रस्तुत गर्दै नेता ओलीले नेपालमा राष्ट्रपतिको नयाा निर्वाचन हुन सक्दैन भन्नु लोकतान्त्रिक पद्धतिमा नसुहाउने विषय भएको टिप्पणी गरे ।
ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकार गठन गरोस् भन्ने आफ्नो पार्टीको चाहना भए पनि उसले त्यसो गर्न सक्दैन भने कांग्रेसको प्रस्तावमा नेकपा (एमाले) नयाा सरकार बनाउन तयार रहेको उनले बताए । ‘जनताले कसैलाई पनि गनेर भोट दिएका होइनन्, दुईचार सिट कांग्रेसको बढी होला, एमालेको केही कम होला तर हामी सरकार गठन गर्न सक्दैनौा भन्ने होइन,’ सरकार गठनमा विलम्ब हुन नहुने उनले भने ।
कांग्रेसका अर्जुननरसिंह केसीले संविधान निर्माणको काम सहज बनाउन वर्तमान राष्ट्रपति/उपराष्ट्रपतिलाई कायम राख्नुपर्नेमा जोड दिए । उनले राष्ट्रपति/उपराष्ट्रपतिले राजीनामा दिएमा, संसद्ले महाअभियोगको प्रस्ताव पारित गरेमा वा मृत्यु भएमा मात्र नयाा राष्ट्रपति/उपराष्ट्रपति परिवर्तन गरिने संवैधानिक व्यवस्थाबारे जानकारी गराए । एनेकपा (माओवादी)का गिरिराजमणि पोखरेलले राष्ट्रपति/उपराष्ट्रपतिको चुनाव तत्काल गर्न माग गर्दै नयाा जनादेशलाई स्वीकार गर्ने हो भने चुनावी प्रक्रिया थाल्नुपर्नेमा जोड दिए । उनले आफ्नो दल प्राप्त जनादेशअनुसार विगतमा भएका सहमति र विस्तृत शान्ति सम्झौताको आधारभूत मूल्य मान्यतालाई आत्मसात् गर्दै अघि बढ्न तयार रहेको बताए ।

प्रतिक्रिया