नेपाली नेताले पाठ सिक्नुपर्छ

छिमेकी मित्र राष्ट्र भारतको दिल्लीमा अहिले नयाा मुख्यमन्त्री आएका छन् । नयाा सोच नयाा जोश र नयाा उमंग बोकेर राजनीतिमा आएका अरविन्द केजरीवाल अहिले जनतालाई के गरि सुविधा दिन सकिन्छ भन्ने सोचमा रहेका छन् । पार्टी स्थापना भएको छोटो समयमा केजरीवालको पार्टी आपले पाएको सफलताको प्रमुख राज भनेको नयाा लय हो । भ्रष्ट्राचार विरोधी अभियानमा लागेका केजरीवाललाई आमजनताले दिल्ली प्रान्तको परिवर्तनका लागि एक मसियाका रुपमा हेरे । पुराना पार्टीलाई धेरै समय मौका दिादा पनि अपेक्षाकृत मागहरु पूरा हुन नसकेपछि आपको मेनिफेस्टोलाई प्रयोग गर्न चाहे । स्थापना भएको छोटो समयमा  पाएको सफलताले केही राजनीतिक नेताहरुलाई आकर्षण गर्ने काम गर्‍यो । उनीहरु आप पार्टीमा प्रवेश गर्न लाम लागेका छन् । आपको नयाा लयले भारतीय राजनीतिक मैदानमा सिर्जना गरेको तरंगले आगामी लोक सभा निर्वाचनको माहोलमा प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ ।
भारतको राजधानी रहेको नयाा दिल्लीको राजनीतिक सरगर्मीले नेपाली राजनीतिक दलहरुलाई नयाा शन्देस दिएको छ । खासगरी संविधान सभा  भाग –२ निर्वाचनको प्रत्यक्ष तर्फको मत परिणामलाई लिएर केही ठूला राजनीतिक दल र साना दलहरु निर्वाचन परिणाम वहिस्कार गर्न तातिन पुगेका थिए । ती दलहरुका लागि आपको लय एक महत्वपूर्ण पाठ भएको छ  । संविधान सभा भाग –१ मा एनेकपा माओवादीलाई आम नेपाली जनताले दिएको मतलाई एमाओवादी प्रति आम जनताको विश्वास कायम रहेको कुरा स्पष्ट हुन्छ ।  प्रजातन्त्र पुन:स्थापना भए पछि लामो समयसम्म सत्तामा बसेको नेपाली कांग्रेस र नेकपा एमालेलाई पछाडि धकेल्दै जनताले एमाओवादीलाई मत दिादा उसले नेपाली अर्थराजनीतिमा नयाा तरंग ल्याउन सक्ने अपेक्षा छिपेको थियो । तर त्यसमा तुषारापात छायो । एमाओवादीले पनि पुरानै दलको लयलाई समाए पछि जनताले पन: नेपाली कांग्रेसलाई मौका दिएका छन् ।
नेपाली जनताले पहिलो संविधान सभाको चार वर्षे कार्य कालमा असफल भएका राजनीतिक दल र नेताहरुलाइ एक पटक मौका दिएका छन् । निर्वाचनको दौरानमा दलहरुले जनमत आफ्नो पोल्टामा पार्नका लागि नयाा पत्ती प्रयोग गरेका छन् । त्यो पत्ती हो संघियता निर्धारण गर्नका लागि अगाडी सारेको पहिचानको नारा र आर्थिक परिवर्तनको मुद्धालाई हेर्न सकिन्छ । जनमत आफ्नो पोल्टामा पार्नका लागि राप्रापा नेपालले हिन्दु राज्य साथै राजतन्त्रको वकालत पनि गर्‍यो । हिन्दु राज्यको नारालाई विश्वास गर्दै धेरै नेपालीले राप्रापा नेपाललाई मत हालेका हुन । तर प्रत्यक्षतर्फ कुनै सिट हाासिल गर्न नसके पनि समानुपातिक तर्फका २३ सिट हाासिल गर्‍यो तर त्यो जनमतलाई प्रतिपक्षमा रहेर संविधान सभामा प्रयोग गर्नुको सट्टा सिट बााडफााडमा पैसाको चलखेल गरेर पार्टी फूटाउने काम गरे । आम जनताको भावनाको खिल्ली उडाउन अग्रसर बनेको राप्रापा नेपालको लयलाई एनेकपा माओवादीले पनि समाउन पुग्यो । पहिलो निर्वाचनमा आफूलाई जनताले दिएको मतको सही प्रतिफल दिन नसक्दा जनताले पार्टीलाई पहिलो स्थानबाट तेस्रो दलको रुपमा पुर्‍याएको मुल्यांकन गर्नुको सट्टा जनमतको उपहास मात्र गरेन समानुपातिक तर्फका सभासद्हरुको नामावली प्रस्तुत गर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकलौटी रुपमा  निर्णय गरेको भनी दुई उपाध्यक्षहरु डा. बामबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पार्टी फूटाउन उर्लिएका छन् । पार्टी फूटाउने लय नदेखिए पनि फूट हुन सक्ने अडकलवाजी गरियो । प्रतिपक्षमा वसेर संविधान निर्माण प्रक्रियामा निर्णायक भूमिका खेल्नु पर्ने बेलामा पार्टीभित्र आपसी टकरावको लयमा नेताहरु लहरिन थाले ।ष्उगच जभचभ।।।

प्रतिक्रिया