मायांका र इरा सेमिफाइनलमा

mayanka copyकाठमाडौं, ६ माघ । काठमाडौंकी मायांका राणा र झापाकी इरा राउत प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत १२ औं राष्ट्रिय लनटेनिसको महिला सिंगल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै कास्कीकी गंगा शर्मा र एपीएफ क्लबकी विभूति कार्की पनि सेमिफाइनलमा पुगे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले एपीएफकी विजिशा श्रेष्ठलाई ६–२, २–६ र ६–२, इराले ललितपुरकी ललिता कपालीलाई ७–६ र ६–०, गंगाले सोलुखुम्बुकी राधा भुजेललाई ६–० र ६–० तथा विभूतिले काठमाडौंकी माहिका राणालाई ६–२ र ६–२ को सेटमा पराजित गरे ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको मिक्स डबल्समा कास्कीका अभिषेक बाँस्तोला र गंगा शर्माको जोडीले एपीएफका श्रीराम मगर र मालिका राणाको जोडीलाई ७–६ र ६–४ ले हराउदै नेपाली सेनाका राजु क्षेत्री र खुशी पाण्डेको जोडीसंग उपाधि भिडन्त पक्का गरे । राजु र खुशीको जोडीले ललितपुरका लुभा श्रेष्ठ र माधव थापाको जोडीबाट वाकओभर पाएका थिए ।
महिला डबल्समा एपीएफका विभूति कार्की र विजिशा श्रेष्ठको जोडीले सेनाका करुणा गौचन र खुशी पाण्डेको जोडीलाई ६–७, ६–४ र ६–४ ले पाखा लगाउदै सेमिफाइनलमा पुगे ।
पुरुष डबल्समा एपीएफका कुमार अधिकारी र जितेन्द्र परियार, रुपन्देहीकाविकास खड्का र सञ्जय, ललितपुरका सन्तोष खत्री र गौरीशंकर श्रेष्ठ तथा सेनाका राजु क्षेत्री र राजेश क्षेत्रीको जोडी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पुरुष सिंगल्समा एपीएफका साविक विजेता कुमार अधिकारीले ललितपुरका प्रनव खनाललाई ६–२ र ६–१, कास्कीका अभिषेक बाँस्तोलाले कास्कीकै शक्ति शर्मालाई ६–१ र ६–१, सिन्धुपाल्चोकका सुकमान तामाङले काभ्रेका सागर राजवाहकलाई ६–१ र ६–२, सोलुखुम्बुका हरि हायुले ललितपुरका विजय श्रेष्ठलाई ६–० र ६–२, एपीएफका साविक उपविजेता जितेन्द्र परियारले सेनाका सक्षम कार्कीलाई ६–० र ६–१, कास्कीका राजु श्रेष्ठले ललितपुरका प्रणय कायेश्थलाई ६–३ र ६–०, सिन्धुपाल्चोकका दावा शेर्पाले कास्कीका धर्मसिंह लामिछानेलाई ६–० र ६–२, रसुवाका रेन्जन लामाले काभ्रेका आशिष श्रेष्ठलाई ६–० र ६–०, काठमाडौंका श्रीराम मगरले सेनाका संरक्षकभूषण वज्राचार्यलाई ७–६ र ६–२ तथा एपीएफका आत्माराम कार्कीले मकवानपुरका गणेश कार्कीलाई ६–१ र ६–१ ले पाखा लगाए ।

प्रतिक्रिया