लहान । आफ्नै बाबुको कुटाइबाट सिरहाको असनुपुर गाविस–८ डोहोटियाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको छ ।
रक्सीले मातेका बाबु विनोद यादवले निर्घात कुटपिट गरी गम्भीर घाइते बालिका रविनाको आज दिउासो उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो ।
विनोदले शनिबार बेलुका घरैमा खेलिरहेकी छोरीलाई दुवै खुट्टा समाएर भुइँमा बजारेपछि गम्भीर घाइते भएकी थिइन् । बाबुको कुटाइबाट बालिकाको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
छोरीको मृत्यु हुने गरी कुट्ने यादवलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक विमल पराजुलीले जानकारी दिए ।
तीनवटा छोरी रहेका विनोदले रक्सी पिएर श्रीमतीसागको विवादको क्रममा छोरीलाई कुटपिट गरेको स्थानीय बासिन्दा बताउँछन् । (सौस)
प्रतिक्रिया