कालिकोटमा महिलाभन्दा पुरुष धेरै

कालिकोट : जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जिल्लामा कूल जनसंख्याको २४ प्रतिशत जनसंख्या किशोर किशोरीे रहेको जनाएको छ । कार्यालयले आइतबार जिल्ला जनसंख्या समन्वय समितिका पदाधिकारीहरुलाई जनसंख्यासंग सम्बन्धित विविध विषयहरुमा जानकारी दिने उद्देश्यले आयोजना गरेको अभिमूखिकरण कार्यक्रममा यस्तो जानकारी दिएको हो ।
कार्यक्रममा ब्रिटेन नेपाल मेडीकल ट्रसका कार्यक्रम संयोजक किशोरसिंह शाहले कार्यपत्र प्रस्तुत गर्दै जिल्लाको कूल जनसंख्य १ लाख ३६ हजार ९ सय ४८ मध्ये १० देखि १९ वर्षसम्मका किशोर कीशोरीहरुको संख्या ३२ हजार ८ सय रहेको जानकारी दिए । जसमा कीशोरहरुको संख्या १६ हजार ४ सय ५४ र कीशोरीहरुको संख्या १६ हजार ३ सय ४६ रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्यामा पुरुष भन्दा महिला धेरै भएपनि कालिकोटमा पुरुषको संख्या धेरै रहेको तथ्याङकले देखिाएको छ । जिल्लाको कूल जनसंख्या १ लाख ३६ हजार ९ सय ४८ मा ६८ हजार १ सय १५ महिलाहरुको संख्या रहेको छ भने पुरुषहरुको संख्या ६८ हजार ८ सय ३३ छ ।
कार्यक्रममा जिल्ला जनसंख्या समन्वय समितिका संयोजक निमित्त स्थानीय विकास अधिकारी दुर्गा चालीसेले अभिमुखिकण कार्यक्रम जिल्ला जनसंख्या समन्वय समितिको गठन, काम कर्तव्य र अधिकार, जनसंख्या सम्बन्धि कार्यक्रमहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे जानकारी दिन प्रत्येक वर्ष आयोजना गर्ने गरेको बताए । उनले जिल्लामा अधिकांश किशोर कीशोरीहरुले १६ वर्षमा नै विवाह गर्ने र कम जन्मान्तरमा बच्चा जन्माउने गरेको पाईएको बताए । (सौस)

प्रतिक्रिया