तुलसीपुर (दाङ) : घोराहीमा निर्माण गरिने बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि पैसाको जोहो गर्न यतिखेर यहाँका खेलाडी लागिपरेका छन् ।
हालसम्म रु पाँच लाख सङ्कलन भइसकेको घोराही ब्याडमिन्टन क्लबले जनाएको छ । क्लबका अध्यक्ष रामधन श्रेष्ठले कभर्ड हल निर्माणका लागि रु ५० लाख खर्च लाग्ने र स्थानीय विकास तथा संघीय मामिला मन्त्रालयको जगेडा कोषबाट रु ३५ लाख सहयोग प्राप्त भएको बताए ।
‘बाँकी रु १५ लाखका लागि प्रयास भइरहेकामा हालसम्म रु पाँच लाख पनि स्थानीयस्तरबाट चन्दा मागेर जम्मा गरेका छौँ,’ अरू बाँकी पैसा संकलनका लागि सहयोग गर्न सबैलाई अनुरोध गरिरहेका छाँै,’ उनले भने । जिल्लामा ब्याडमिन्टन खेल्नका लागि कुनै कभर्ड हल नभएपछि खेलाडी आफैँ सक्रिय भएर हल निर्माणमा लागेका हुन् ।
“हल निर्माणका लागि घोराहीको पुरानो मञ्चको खाली रहेको १० कक्षा जग्गा चयन गरिएको छ । उक्त जग्गामा १२५ फिट लम्बाइ, ६६ फिट चौडाइ र ३० फिटको उचाइको कभर्ड हल निर्माण गरिने गरी सबै कानुनी प्रक्रिया मिलाइसकेका छाँै यही मङ्सिर मसान्तसम्म शिलान्यास गर्छांै,’ अध्यक्ष श्रेष्ठले भने । ‘अपुग पैसाको जोहो गर्न अब चिठ्ठा खोल्ने सोच पनि गरिरहेका छौँ’ उनले भने । (सौस)
प्रतिक्रिया