कांग्रेस सभासद् छनोटमा

काठमाडौं : कांग्रेसले समानुपातिकबाट संविधानसभामा प्रतिनिधित्व गर्ने उम्मेदवार चयन प्रक्रिया थालेको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार सुरु संसदीय समितिको बैठकले सभासद् छनोट प्रक्रिया थालेको हो । सभासद् छनोटका लागि मापदण्ड निर्धारणमा छलफल सुरु भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पार्टीले समानुपातिकतर्फका उम्मेदवार छनोटमा पार्टीमा लामो समयदेखि योगदान पुर्‍याएको, चुनावमा पार्टीलाई विजयी गराउन अहं भूमिका निर्वाह गरेको, इमानदार, अनुशासित व्यक्तिलाई उच्च प्राथमिकतामा राख्नेछ । उनले एक वर्षमा संविधान जारी गर्ने दलहरूको प्रतिबद्धता सबैले आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै आºनो पार्टीले सबैलाई समेटेर सहमति र सहकार्यको सिद्धान्तलाई अघि बढाउने बताए ।
दोस्रो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ १०५ सिट जितेर सबैभन्दा ठूलो दल बनेको कांग्रेसको भागमा समानुपातिकमा ९१ सिट परेको छ । आºनो भागमा परेको सिटका लागि बन्दसूचीमा रहेका उम्मेदवारमध्ये सभासद् छान्न कांग्रेस कस्सिएको हो । (सौस)

प्रतिक्रिया