काठमाडौं : गैरआवासीय नेपालीहरूको लगानीमा स्थापित वेष्ट रेमिट नेपाल प्रा.लिले आफ्नो सेवा विस्तार गर्ने क्रममा पछिल्लो समय मुलुकका एक दर्जनभन्दा बढी बैंक तथा वित्तिय संस्थाहरूसाग रेमिट्यान्स सम्झौता गरेको छ । विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आएको वेष्ट रेमिटले आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउन मुलुकका शहरी एवं ग्रामिण भेगका विभिन्न वित्तिय संस्थाहरूसाग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौता गरिएको जनाएको छ ।
मुलुकका अधिकांश बाणिज्य बैंकहरूसाग रेमिट्यान्स सम्झौता गरिसकेको वेस्ट रेमिटले पछिल्लो समय विरेन्द्रनगरको काक्रे विहार विकास बैंक, गोर्खाको मनास्लु विकास बैंक, बुटवलको एकता विकास बैंक, मोरङको सप्तकोसी डेभलबमेण्ट बैंक, नवलपरासीको राइजिङ डेभलवमेण्ट बैंक, मानभवन ललितपुरको सगरमाथा मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, ललितपुरको गुह्ेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, काठमाडौको रिलायन्स फाइनान्स, आईसिएफसि फाइनान्स, आरम्भ सेभिङ एण्ड क्रेडिट, क्याराभान सेभिङ एण्ड क्रेडिट लिमिटेडसाग रेमिट्यान्स सम्झौता गरेको हो ।
आफना ग्राहक तथा सेवाग्राहीको सहजता तथा सुविधाका लागि यो सम्झौता गरिएको बेष्ट रेमिटका प्रवन्ध निर्देशक श्याम तामाङले बताए । हुण्डीलाई निरुत्साहित गर्दै बैकिंङ च्यानलमार्फत पैसा पठाउन आगामी दिनमा अन्य बैंक तथा वित्तिय संस्थाहरूसँग पनि रेमिट्यान्स सम्झौता गरी ग्राहकहरूलाई थप सहज बनाउदै लैजाने बताए । वेष्ट रेमिटले शहरमूखिभन्दा पनि ग्रामीणभेगका जनतामा आफ्नो पहुच पुर्याउने उद्धेश्य राखेकाले त्यसतर्फ केन्द्रीत भइरहेको कम्पनीले जनाएको छ । यस सम्झौतासँगै विश्वका विभिन्न मुलुकवाट वेस्ट रेमिटमार्फत पठाएको रकम अव विभिन्न बैंक तथा वित्तिय संस्थाका थप ४७ शाखाबाट भुक्तानी पाउन सकिने छ । यो सम्झौतासँगै १ हजारभन्दा बढी एजेण्ट, सव–एजेण्ट तथा विभिन्न बैंक तथा वित्तिय संस्थाबाट भुक्तानी लिन सकिने जनाएको छ ।
प्रतिक्रिया