सामुदायिक मेलमिलापलाई कानुनी मान्यता दिन माग

पाँचथर, २० मंसिर । सामुदायिक मेलमिलापबाट मिलाईने स्थानिय स्तरका विवादलाई कानुनी मान्यता दिनु पर्नेमा सरोकारवाला निकायका प्रतिनिधिहरूले जोड दिएका छन् ।

न्यायमा पहुच अभिबृद्धि परियोजना अन्र्तगत मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समुह ‘प्याग नेपाल’ पाँचथरले बुधबार फिदिममा आयोजना गरेको सामुदायिक मेलमिलाप परियोजना अन्र्तगत गठित जिल्ला परामर्श समितिहरू संगको छलफल कार्यक्रममा सहभागिहरूले त्यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा जिल्ला अदालत पाँचथरका जिल्ला न्यायाधिश माधवप्रसाद अधिकारीले सामुदायमा हुने विवाद मिलाउने क्रममा मुद्दाहरूको सहि पहिचान गरी सबै नागरिकहरूलाई समान तवरले कानुनी सहायताको प्रत्याभुति दिलाउनु पर्ने विचार व्यक्त गरे । उनले महिला अधिकार र कानुनी सवालमा काम गर्दा त्यस क्षेत्रमा कार्य गर्ने अन्य सरोकारवाला निकायहरूसंग पनि आपसी समन्वय गर्नुपर्ने सुझाव दिदैँ मेलमिलापको माध्यमबाट न्यायमा पहुँच अभिबृद्धि गरी लक्षित समुदायका वर्गलाई समान न्याय प्रदान गर्नमा सबैको ध्यान जानु पर्ने बताए ।
महिला तथा बालबालिका कार्यालय पाँचथरका अधिकृत गोमा वाग्लेले महिलासंग सम्बन्धित विवादहरू सामुदायमा मिलाउँदा महिलाको हक र अधिकारको क्षेत्रमा कार्यरत निकायहरूसंग आपसी परामर्श तथा सहकार्य गरी स्थानिय विवाद समाधान गरी गााउमै सहज तवरले कानुनी उपचारको वातावरण र्सिजना गर्नु पर्ने बताइन.्।
प्याग पाँचथरले सामुदायिक मेलमिलापको माध्यमबाट हालसम्ममा विभिन्न विषयका गरी करिव ४४ वटा मुद्दा मध्ये ४१ वटा विभिन्न प्रकृतिका विवाद मिलाई सकिएको प्याग पाँचथरका कानुन अधिकृत टिका तिम्सिनाले जानकारी गराईन् । कुटपिट, भनाभन, जग्गा सिमाना विवाद, कुलोपानी, गालि वेइजति जस्ता विवादहरू स्थानिय स्तरमै मिलाईने गरेको तिम्सिनाले बताए ।
सहभागीहरूले मेलमिलापको क्षेत्रमा गरिएका विवादहरूको लिखित कागजातहरूको अभिलेख स्थापना गरी अदालतलगायत अन्य सरकारी निकायलाई जानकारी गराई परियोजनाको प्रभावकारीमा विषेश ध्यान दिनुपर्ने बताएका छन् । मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समुह प्याग नेपाल पाँचथरद्रारा सामुदायिक मेलमिलाप परियोजना अन्र्तगत जिल्लाको चोकमागु, नांगिन, भारपा, चिलिङदिन र फाक्तेप गरी पाँचवटा गाविसमा परियोजना मार्फत मानव अधिकार, मौलिक हक, सामान्य कानुन, महिला हिंसा तथा सामुदायिक मेलमिलापको माध्यमबाट स्थानिय लक्षित समुहलाई न्यायमा पहुँच अभिबृद्धि गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै
आएको छ ।
कार्यक्रममा मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समुह (प्याग)नेपालका कार्यक्रम निर्देशक प्रकाश अधिकारी, गैरसरकारी महासंघका अध्यक्ष बालकृष्ण ओझा, युनिसेफ नेपालका परामर्शदाता खिलनाथ निरौलालयायतले आºनो विचार व्यक्त गरेका थिए । कार्यक्रमको स्वागत मन्तब्य प्याग पाँचथरका अध्यक्ष लेखनाथ खतिवडा र जिल्ला परामर्श समितिका संयोजक बसन्त घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया