काठमाडौं : विभिन्न राजनीतिक दलका नेताले संविधानसभामा दलित समुदायको प्रतिनिधित्व बढाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनउत्थान प्रतिष्ठानद्वारा बुधबार आयोजित ‘दलित समुदायको अधिकार रक्षाको सवाल र चुनौती’ विषयक अन्तक्र्रियामा दलका नेताले प्रत्यक्ष निर्वाचनबाट दलितको सहभागिता न्यून भएपनि समानुपातिकतर्फ र मनोनीत गरिने २६ जनामध्येबाट १३ प्रतिशत पुर्याउन पार्टीभित्र सक्दो पहल गर्ने धारणा राखे ।
नेकपा–माओवादीका सचिव देव गुरुङले संविधानसभाको दोस्रो निर्वाचन परिणामले सबैभन्दा बढी दलित समुदायलाई घाटा पुर्याएको भन्दै अब दलित समुदायको पक्षमा संविधान नबन्ने खतरा देखिएको जिकिर गरे । पूर्वसभामुख दमननाथ ढुंगाना, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाइली, दलित महिला संघकी अध्यक्ष दुर्गा सोव र दलित अधिकारकर्मी मोती नेपाली लगायतले आगामी दिनमा सिंगो दलित आन्दोलन आºनो अधिकार संविधानमा सुनिश्चित गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया