भक्तपुर, १९ मंसिर । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले सवै दलहरूको सहमतिमा सरकार निमार्ण गरीने बताएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरले मंगलवार आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा उनले एमाओवादी र नेकपा – माओवादीलगायत सबै दलहरूलाई समेटेर नेपाली कााग्रेसको नेतृत्वमा सरकार निर्माण हुने जानकारी दिए ।
भावी प्रधानमन्त्री पार्टी सभापति सुशील कोइराला नै हुने भन्दैे उनले कांग्रेस आफ्नो नेतृत्वमा प्रधानमन्त्री बनाए पनि सबै दलहरूलाई समेटेर सरकार बनाउन पक्षमा रहेको बताए । राष्ट्रपति र उपराष्ट्रपतिको फेरी निर्वाचन गर्नुपर्छ भन्ने कुरा केटाकेटीपन भएको भन्दै राष्ट्रपति परिवर्तन गर्दा झन् राजनीतिक समस्या थपिदै जाने बताए । उनले अहिले राष्ट्रपतिको विवाद गर्दा संविधान निर्माण कार्य पछाडी परि संविधान निर्माणको विषय ओझेलमा पर्ने बताउदैँ संविधानमा एकल पहिचान र जातिय राज्यको कुरा गर्ने दलहरूलाई जनताले निर्वाचन मार्फत पाखा लगाएकाले अब बहुपहिचानको आधारमा संविधान निर्माण हुने प्रष्ट पारे ।
प्रतिक्रिया