संक्रमितका लागि १० लाख

गोरखा : एचआइभी सङ्क्रमित आमाबाबुका छोराछोरीको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले ‘हाम्रो पहुँच’ नामक संस्थाले १० लाखको कोष खडा गर्ने भएको छ । संक्रमित आमाबाबुका छोराछोरीलाई सहयोग पुर्‍याउने उद्देश्यसहित कोष स्थापना गरिएको संस्थाले जनाएको छ । उक्त कोषको रकम संक्रमित परिवारका केटाकेटीका लागि शैक्षिक सामग्री खरिदका लागि दिइने छ ।
कोषको लागी छ महिनासम्ममा१० लाख संकलन गरिसक्ने लक्ष्यसहित आइतबार घोषणा गरिएको कोषमा एक लाख २३ हजार ४ सय ५६ संकलन गरिसकिएको छ । ८५ हजार शनिबार सदरमुमकाममा गरिएको दीप प्रज्वलनबाट र अन्य रकम विभिन्न संघसंस्थाबाट संकलन गरिएको सो संस्थाका अध्यक्ष अमिर बञ्जाराले बताए । गोरखामा करिब ५ सय एचआइभी संक्रमित रहेको र त्यत्तिनै संख्यामा संक्रमितका बालबालिका रहेको अनुमान छ । संक्रमित परिवारका बालबालिकामध्ये आर्थिक रुपमा विपन्न परिवारलाई रकम सहयोग गरिने संस्थाले जनाएको छ । (सौस)

प्रतिक्रिया