जनकपुरधाम : नेपाल प्रेस युनियन धनुषा शाखाले ४ मङ्सिरका संविधानसभाको निर्वाचनमा युनियनका केही पदाधिकारीले नीति, नियमविपरीत कार्य गरेको सम्बन्धमा छानबिन गर्न गठित समितिले शनिबार प्रतिवेदन बुझाएको छ । समितिले तीन दिनसम्म छानबिन गरी तयार पारेको प्रतिवेदन समितिका संयोजक पत्रकार उतिमलाल कापडीले नेपाल प्रेस युनियन धनुषा शाखाका अध्यक्ष प्रवीण साहलाई बुझाएको छ । प्रतिवेदनमा युनियनका केन्द्रीय सदस्य श्रीनारायण साह र पत्रकार राजेश्वर नेपालीले प्रेस युनियनको नीति नियमविपरीत कार्य गरेको उल्लेख गरिएको छ । पत्रकारद्वयलाई युनियनको साधारण सदस्यसमेत नरहने गरी चार वर्षसम्मका लागि निष्कासन गर्न समितिले सिफारिस पनि गरेको छ ।
प्रतिक्रिया