सन्तनेता तामाङको समाधिस्थलमै कांग्रेसको स्मृतिसभा

Bhimbahadur-tamangदोलखा ,१७ मंसिर । नेपाली राजनितिका निष्ठा,मूल्य र इमानदारीताका धरोहर आदर्श पुरुष स्वार्गीय भीमबहादुर तमाङको स्मृतीमा दोलखा कांग्रेसले उनको समाधि स्थलमा अमरत्व कामना गदै एक कार्यक्रम सम्पन गरेको छ । एक बर्ष अघि काठमाडौंको स्वयम्भ्मा राष्ट्रिय सम्मानका साथ तमाङको अन्त्येष्टि गरिएको थियो ।

दोलखा कांग्रेसका संगठन विभाग प्रमुख एवम नेपाल तमाङ संघका केन्द्रिय महासचिव बर्मा लामाको आयोजनामा सम्पन्न सो कार्यक्रममा गान्धीवादी नेता तामाङको अमरत्वको कामना गर्दै नारा समेत लगाईएको थियो । दोलखाको सदरमुकाम चरिकोटमा र समाधि स्थलमा तमाङको सालिक स्थापना गर्ने, सिन्धुपाल्चोकको खाडीचौर देखी सोलुखुम्बुसम्मको सडकलाई भीमबहादुर मार्गमा नामकरण् गर्ने सरकार संग माग गरेको छ । तमाङको जिवनगाथा समेटिएको पुस्तक प्रकाशन तत्काल गर्न समेत भीमबहादुर तमाङ स्मृती प्रतिष्ठानलाई आग्रह गरेको छ । भीम स्मृतीको अबसर पारि दोलखामा रक्तदान कार्यक्रम गरेका छ ।
नेपाली कांग्रेसले केन्द्रिय तहमा कांग्रेस नेता सशांक कोईरालाको संयोजकत्वमा भीमबहादुर तमाङ स्मृती प्रतिष्ठान बनाई तदारुपकताका साथ बिभिन्न कार्यक्रम गरिने जनाए पनि सुशासन अवस्थामा रहेकोमा कार्यक्रममा प्रतिष्ठानको केही आलोचना समेत गरिएको थियो । दोलखा काग्रेसका नेता जिपछिरिङ लामा,रुद्रबबहादुर खड्का, सिन्धुपाल्चोकका काग्रेस नेता प्रेम लामा,धादिङ कांग्रेसका नेता दिलबहाद्र पाख्रीनले समेतको उपस्थिती रहेको थियो । तमाङको सम्झनामा राज्यले हुलाक टिकट प्रकाशन गरि सम्मान गरेको छ ।
यता सदरमुकाम चरिकोट र भीमबहादुरको जन्म स्थल झुलेमा नेपाली कांग्रेस र भातृसंगठनहरुले भीम बहादुरको सम्झना गर्दै विचार गोष्ठी, खेलकुद कार्यक्रम गरेको छ । दोलखाका करिब ४ दर्जन गाउँहरुमा कांग्रेस कार्यकर्ताहरुले तमाङको सम्झनामा चियापन कार्यक्रम राखी विचार गोष्ठी समेत सम्पन गरेको नेपाली कांग्रेस दोलखाले जनाएको छ ।

प्रतिक्रिया