काठमाडौं, १६ मंसिर । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निर्वाचन पछि गोलमेच सम्मेलनको महत्व झन् बढेर आएको दाबी गरेका छन् ।
सम्वाद डबलीले आज (आइतबार) काठमाडौंमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा उपाध्यक्ष गजुरेलले नेकपा माओवादी संविधानसभा र सरकार दुबैमा सहभागी नहुने बताए । ‘नेकपा माओवादीलाई जित सिट दिए पनि संविधानसभा र सरकारमा जांदैनौं,’ उनले भने, ‘हामी निर्वाचनको सम्पूर्ण प्रक्रियाकै विरोधमा रहेकाले सिटमा बार्गेनिङ हुदैन ।’
उनले अहिलेकै अवस्थामा नेकपा माओवादी संविधान सभामा नजाने बताए । ‘हामीलाई जति सिट दिएपनि संविधान सभामा जादैनौं,’ उनले भने, ‘सरकार त टाढाको कुरा हो ।’
उपाध्यक्ष गजुरेलले एमाओवादीसंग पार्टी एकता र संयुक्त मोर्चा दुवै नहुने बताए । उनले संविधानसभालाई छोडेर गोलमेच सम्मेलनमा आए सहकार्य हुन सक्ने बताए ।
‘प्रचण्ड–बाबुराम जीहरुसंग पार्टी एकता त कुरै नगरौं, संयुक्त मोर्चा पनि हुन सक्दैन,’ गजुरेलले भने, ‘संविाधनसभालाई छोडेर गोलमेच सम्मेलनमा आए एमाओवादीसंग सहकार्य हुन सक्छ ।’
प्रतिक्रिया